close

फोन पे डाइरेक्टबाट अब कुनै पनि बैंकमा दुई लाखसम्मको रकम १० रुपैयाँमा पठाउन सकिने

टेकपाना टेकपाना

असोज ४, २०७८ १९:२२

फोन पे डाइरेक्टबाट अब कुनै पनि बैंकमा दुई लाखसम्मको रकम १० रुपैयाँमा पठाउन सकिने

काठमाडौं । अब फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा १० रूपैयाँ मात्र सेवाशुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्टमार्फत एक सय रूपैयाँदेखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र १० रूपैयाँ शुल्क लाग्ने भएको हो ।

यसअघि रकमको परिणामअनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो । फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठूलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको छ ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा रहेको Send Money अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।

फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म ५ लाखभन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाइइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१