close

भारतमा ३.७ जीबीपीएस गतिमा भोडाफोन आइडियाले सुरू गर्‍यो फाइभजी परीक्षण

टेकपाना टेकपाना

असोज ४, २०७८ २०:५७

भारतमा ३.७ जीबीपीएस गतिमा भोडाफोन आइडियाले सुरू गर्‍यो फाइभजी परीक्षण

काठमाडौं । भारतीय दूरसञ्चार सेवाप्रदायक कम्पनी भोडाफोन आइडियाले फाइभजी परीक्षणमा नयाँ उपलब्धि हासिल गरेको छ । परीक्षण गरिएकाे ठाउँमा ३.७ गिगाबिट प्रतिसेकेन्ड (जीबीपीएस) भन्दा बढी पिक स्पिड दिन सफल भएकाे कम्पनीले जनाएकाे छ ।

एमएमवेब फ्रिक्वेन्सीमा आधारित भएर कम्पनीले महाराष्ट्रको पुणेमा फाइभजी परीक्षण गरेको थियो । जसमा ३.५ गिगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा १.५ जीबीपीएसको डाउनलाेड स्पिड हासिल गरेको छ ।

यो स्पिड भारतमा हालसम्म भएको फाइभजी परीक्षणमा पाएको सबैभन्दा ठूलो उपलब्धि हो ।

यसअघि भारती एयरटेलले पनि भारतमा फाइभजीमार्फत क्लाउड गेमिङ सेसन आयोजना गरी फाइभजी परीक्षण गरेको थियो । जसमा १ जीबीपीएसको स्पिडको कायम भएको थियो ।

तर, भोडाफोनले भने पुणेमा रहेको ल्याबमार्फत फाइभजी परीक्षण गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१