close

रहस्यमयी ‘सीभी’ स्मार्टफोन सार्वजनिक गर्दै साओमी

टेकपाना टेकपाना

असोज ५, २०७८ ११:१९

रहस्यमयी ‘सीभी’ स्मार्टफोन सार्वजनिक गर्दै साओमी

काठमाडौं । साओमीले नयाँ उत्पादनको रुपमा ‘साओमी सीभी’ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

सेप्टेम्बर २७ मा हुने एक कार्यक्रममार्फत कम्पनीले उक्त फोन सार्वजनिक गर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कम्पनीको यो रहस्यमयी फोनको विषयमा धेरै समयदेखि चर्चा हुँदै आएपनि सम्भावित डिजाइन र फिचर हालसम्म बाहिरिएको छैन ।

यसैबीच हालै एक टिजर सार्वजनिक भएको छ । जसअनुसार सेप्टेम्बर २७ तारिखमा हुने एक कार्यक्रमबाट ‘साओमी सीभी’ सार्वजनिक हुनेछ ।

चिनियाँ प्लेटर्फम ‘विबो’ मा चिनियाँ टिप्सटरहरूले यो स्मार्टफाेनकाे टिजर शेयर गरेका छन् ।

Xiaomi CIVI, el nuevo smartphone de Xiaomi que debutará el 27 de septiembre. Noticias Xiaomi A

यसअघि कम्पनीले चिनियाँ बजारमा साओमी ‘सीसी ११’ स्मार्टफोन सार्वजनिक गर्ने जनाइएको थियो । तर, उक्त स्मार्टफोनको विषयमा हाल कुनै चर्चा छैन ।

नयाँ टिजर सार्वजनिक भएसँगै कम्पनीले ‘सीसी ११’ को ठाउँमा रि-ब्राण्डिङ गर्दै ‘साओमी सीभी’ ल्याउन लागेको चर्चा गरिएकाे छ । केही मिडियाले याे माेडल माेबाइल फाेटाेग्राफीका लागि लक्षित हुने दाबी गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१