close

अनलाइनबाटै एनआईसी एसियाको क्रेडिट कार्ड, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

असोज ५, २०७८ ११:४५

अनलाइनबाटै एनआईसी एसियाको क्रेडिट कार्ड, यसरी दिनुहोस् आवेदन

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई अनलाइनबाटै क्रेडिट कार्ड उपलब्ध गराउने भएको छ । पछिल्लो समय आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै गएको बैंकले क्रेडिट कार्ड सेवासमेत अनलाइन प्रणालीमा लगेको हो ।

योसँगै बैंकमा खाता भएका तथा नयाँ ग्राहकले पनि अनलाइनबाट क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । आवेदनमा भरिएको विवरणका आधारमा बैंकले आवश्यक अध्ययन गरी ग्राहकलाई क्रेडिट कार्ड उपलब्ध गराउने जनाइएको छ ।

बैंकका अनुसार क्रेडिट कार्डमा पाँच लाखसम्मको क्रेडिट उपलब्ध हुनेछ । जुन ग्राहकले किस्ताबन्दीमा भुक्तानी गर्नसक्ने छन् ।

क्रेडिट कार्डमार्फत प्रयोग भएको रकम १५ देखि ४५ दिनसम्म बिनाब्याज प्रयोग गर्न सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१