close

अनर र ह्वावेका पुराना फोनमा हार्मोनी ओएस उपलब्ध

टेकपाना टेकपाना

असोज ५, २०७८ १२:३१

अनर र ह्वावेका पुराना फोनमा हार्मोनी ओएस उपलब्ध

काठमाडौं । तपाईंसँग ह्वावे तथा अनर ब्राण्डका पुराना स्मार्टफोन छन् भने पक्कै पनि भाग्यमानी हुनुहुन्छ । किनभने ईएमयूआई अपडेटसमेत नपाउने पुराना फोनले हार्मोनी ओएसको नयाँ अपडेट पाउँदै छन् । जसले प्रयोगकर्तालाई पुनः नयाँ फोन बोकेको महसुस दिनेछ ।

ह्वावे पोलेन क्लबमा उपलब्ध जानकारीअनुसार कम्पनीले नयाँ लटमा प्रयोगकर्तालाई हार्मोनी ओएस उपलब्ध गराएको छ । जसमा पुराना स्मार्टफोन बढी समावेश भएका छन् । यसअघि हामोर्नी ओएस कम्पनीले ह्वावे तथा अनरका कुल ६४ मोडलमा उपलब्ध गराइसकेको छ ।

जसमा अनर ब्राण्डअन्तर्गत अनर ३० सिरिज, अनर भी३० सिरिज, अनर-प्ले ४ प्रो, अनर भी६ ट्याब्लेट, अनर एक्स १०, अनर ३० एस, अनर एक्स१० म्याक्स, अनर ३० युथ एडिसन, अनर प्ले४ रहेका छन् ।

त्यस्तै ह्वावे ब्राण्डअन्तर्गत ह्वावे पी२०, ह्वावे मेट १०, ह्वावे पी२० प्रो, ह्वावे मेट १० प्रो, ह्वावे नोभा ५आई, ह्वावे मेट १० प्रोसिम डिजाइन, ह्वावे नोभा ४, ह्वावे मेट आरएस प्रोसिम डिजाइन, ह्वावे नोभा ४ई लगायत छन् ।

उक्त सूचीमा थप गर्दै कम्पनीले तेस्रो चरणमा थप मोडलमा हार्मोनी ओएस उपलब्ध गराउने भएको हो । हार्मोनी ओएस उपलब्ध हुने नयाँ मोडलका स्मार्टफोनको सूची यसप्रकार छः 

  • अनर २० लाईट(युथ एडिसन)
  • अनर ८एक्स
  • अनर १० लाइट(युथ एडिसन) 
  • अनर २०आई
  • अनर प्ले थ्री
  • ह्वावे इन्जोय २० फाइभ जी
  • ह्वावे इन्जोय ९एस
  • ह्वावे–माइम्याङ ८
  • ह्वावे इन्जोय १०

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१