close

नेपाली बजारमा ‘एम’ सिरिजमा पहिलो पटक फाइभजी स्मार्टफोन ल्याउँदै सामसङ

टेकपाना टेकपाना

असोज ५, २०७८ १३:२६

नेपाली बजारमा ‘एम’ सिरिजमा पहिलो पटक फाइभजी स्मार्टफोन ल्याउँदै सामसङ

काठमाडौं । सामसङले नेपाली बजारमा ‘एम’ सिरिज अन्तर्गत पहिलोपटक फाइभजी फोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रममा सामसङ नेपालले चाँडै नै नेपाली उपभोक्ताका लागि ग्यालेक्सी एम५२ मोडलको स्मार्टफोन ल्याउने जानकारी दिएको हो ।

यो फोन कलेजका विद्यार्थी, मल्टिटास्कर विशेषगरी गेमिङमा रुचि भएका प्रयोगकर्तालाई मध्यनजर गर्दै ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो फोन ६ जीबी र ८ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । ६.७ फुलएचडी एमोलेड डिस्प्लेसहित यो फोनमा १२० हर्जको रिफ्रेस रेट छ ।

३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा भएको यो फोनमा ६४ मेगापिक्सेलको रियर क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड, पाँच मेगापिक्सेलको ट्रिपल क्यामेरा छ ।

६ जीबी र्‍याम भेरियन्टको फोनको मूल्य करिब ४६,००० रुपैयाँदेखि ४७,००० रुपैयाँ र ८ जीबी र्‍याम भेरियन्टको फोनको ४८,००० रुपैयाँदेखि ४९,००० रुपैयाँ पर्नसक्ने कम्पनीले बताएको छ ।

यो फोन कालो र निलो गरी दुई रङमा उपलब्ध हुनेछ ।

यो फोन भारतीय बजारमा सेप्टेम्बर २८ मा सार्वजनिक हुँदै छ । त्यसको केही दिनमै नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१