close

फेसबुक लाइभबाट आज नयाँ प्रडक्ट घोषणा गर्दै जुकरबर्ग

टेकपाना टेकपाना

असोज ५, २०७८ १६:४६

फेसबुक लाइभबाट आज नयाँ प्रडक्ट घोषणा गर्दै जुकरबर्ग

काठमाडौं। केहि समयअघि मात्र फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि अडियो लाइभ फिचर सार्वजनिक गरेको थियो । त्यसको केही समय पनि नबित्दै, कम्पनीले रेबनसँगको सहकार्यमा स्मार्ट ग्लास सार्वजनिक गरेको छ ।

योसँगै प्रयोगकर्ताका लागि नयाँ बिजनेस टुल पनि सार्वजनिक भएको छ । नयाँ-नयाँ फिचर र उत्पादन बजारमा सार्वजनिक गर्ने क्रममा फेरि नयाँ उत्पादन सार्वजनिक गर्न कम्पनीले तयारी थालेको छ ।

त्यति मात्र होइन, फेसबुकका सीईओ मार्क जुकर्बगले आज एक फेसबुक स्टाटसमार्फत प्रयोगकर्ताका लागि केही नयाँ उत्पादनको घोषणा हुने जानकारी दिएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘केही नयाँ उत्पादनहरूको बारेमा आज फेसबुक लाइभमार्फत घोषणा गर्दैछु । केही अनुमानहरू छन् ?’

उनको यो स्टाटसमा थुप्रैले कमेन्ट गरेका  छन् । यद्यपि ठ्याक्कै के आउँदैछ भन्ने थाहा पाउनका लागि भने आज नेपाली समयअनुसार राति १०ः४५ बजेको जुकर्बगको लाइभसम्म कुर्नुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१