close

हाई स्पिड कनेक्सन हुँदा समेत किन स्लो हुन्छ इन्टरनेट ?

टेकपाना टेकपाना

असोज ५, २०७८ २२:३

हाई स्पिड कनेक्सन हुँदा समेत किन स्लो हुन्छ इन्टरनेट ?

काठमाडौं । अस्ट्रेलियामा २०२१ को जुलाई महिनामा नेसनल ब्रोडब्यान्ड नेटवर्क (एनबीएन) मा सक्रिय ८२ लाख घरेलु तथा व्यावसायिक प्रयोगकर्ता मध्ये ७७ प्रतिशतको भनाइमा उनीहरूले हाल कम्तिमा ५० एमबीपीएस ब्रोडब्यान्ड प्याकेज प्रयोग गरिरहेका छन् ।

इन्टरनेटको यो स्पिड सामान्य घरेलु प्रयोजनमा तथा आवश्यकताका लागि पर्याप्त हो । जसमा भिडिओ स्ट्रिमिङ, भिडिओ कन्फ्रेन्स, गेम खेल्न र अन्य सामान्य वेब ब्राउजिङ आदि पर्दछन् ।

नेटफ्लिक्समा राम्रो क्वालिटी (एचडी) मा भिडिओ हेर्नका लागि तीन एमबीपीएस र एकदमै राम्रो गुणस्तर (अल्ट्रा एचडी) मा हेर्न १२ एमबीपीएस गतिको इन्टरनेट उपयोग हुन्छ । साथै भिडिओ कन्फ्रेन्समा दुई देखि तीन एमबीपीएस र गेम खेल्नका लागि एक एमबीपीएस भन्दा कम डेटा खपत हुन्छ । 

त्यसो हो भने यहाँ सवाल उठ्छ हाम्रो इन्टरनेट बीच बीचमा रोकिएर किन चल्छ ? भिडिओ, गेम र टेलिकन्फ्रेन्समा किन रोकावट पैदा हुन्छ ? वास्तवमा यो समस्या इन्टरनेटको गतिमा नभएर लेटेन्सी (इन्टरनेटमा हुने ढिलाई) र रोकावटसँग सम्बन्धित छ, न कि इन्टरनेट सेवाप्रदायकको तर्फबाट उपलब्ध गराइने इन्टरनेट स्पिडसँग । 

विगत तीन दशकदेखि हामीले एमबीपीएसको मात्रामा ब्रोडब्यान्डलाई बुझ्दै आएका छौँ । जब हामी डायलअप इन्टरनेट प्रयोग गर्दथ्यौँ, त्यतिन्जेल सम्म त यो ठीकै थियो । जसमा एउटा वेब पेज खुल्नका लागि कयौं सेकेन्ड लाग्ने गर्दथ्यो ।

त्यतिखेरको अवस्था यस्तो थियो कि डिजिटल सब्सक्राइबर लाइन (डीएसएल) मा एक पटकमा एउटाभन्दा अर्को भिडिओ चल्न सक्दैन थ्यो । तर ब्रोडब्यान्ड फोरम र अन्य अनुसन्धानबाट थाहा हुन आएको छ कि इन्टरनेट स्पिड १०० एमबीपीएस वा त्यसभन्दा अधिक हुँदा समेत उपभोक्तालाई यसको मतलव हुँदैन ।

अस्ट्रेलियामा पाँच लाखभन्दा बढी उपभोक्ताले इन्टरनेट स्पिडमा आउने अवरोधबाट हैरानीका कारण २०२१ को सुरुवाती तीन महिनाभित्र २५० एमबीपीएस भन्दा बढीको प्याकेज लिए । समग्रमा अस्ट्रेलियाका लागि ४१० टीबीपीएस ब्यान्डविथ खरिद गरियो ।

जब कि अधिक मात्रामा उपयोग गर्दा समेत तपाईंले केवल २३ टीबीपीएस मात्र खर्च भयो । त्यसपछि पनि यस किसिमको समस्या समाधान भएन । यसबाट थाहा भयो कि अस्ट्रेलियाले खरिद गरेको कूल इन्टरनेट ब्यान्डविथको छ प्रतिशतभन्दा कम मात्रै उपयोग गर्न सक्यो ।

प्रयोगकर्ताका लागि स्पिडको आवश्यकतामा नभएर अनलाइन समयमा चाहीँ भारी मात्रामा वृद्धि भएको छ । अस्ट्रेलियाको प्रतिस्पर्धा एवम् उपभोक्ता आयोगका अनुसार औसत अस्ट्रेलियाली परिवारले डिसेम्बर २०२० मा ३५५ जीबी डेटा खपत गरे ।

जुन गत वर्षको तुलनामा ५९ प्रतिशत बढी हो । यस्तोमा प्रश्न उठ्छ कि एउटा राम्रो स्ट्रिमिङ, गेमिङ वा कन्फ्रेन्सिङ अनुभवका लागि हाम्रो ब्रोडब्यान्ड आखिर कस्तो हुनुपर्छ ?

हामीलाई एउटा यस्तो इन्टरनेट कनेक्सनको आवश्यकता छ, जसमा अपेक्षाकृत रुपमा लेटेन्सी थोरै होस् अथवा कम विलम्ब होस् र जसको कनेक्सन सकेसम्म नटुटोस् । यो विषय तपाईंको इन्टरनेट सेवाप्रदायकले आफ्नो नेटवर्क कति राम्रोसँग तयार पारेर तपाईंसम्म पुर्‍याएको छ भन्ने कुरामाथि निर्भर गर्दछ ।

विलम्ब कम गर्नका लागि तपाईंको आईएसपीले लोकल क्याश (कम्प्युटर मेमोरीको त्यस्तो भाग जहाँ सूचना तथा सामग्रीको प्रतिलिपी तयार भएर बस्ने गर्दछ) राख्न सक्दछ । यसबाट तपाईंले हेर्ने भिडिओको एउटा प्रति स्थानीय स्तरमा संचित भएर बसेको हुन्छ ।

जसबाट इन्टरनेटको गति केही फास्ट हुने गर्दछ ।  साथै आईएसपीले सर्भरको राउटरका लागि उपयुक्त बाटो उपलब्ध गराउन सक्छन्, जसले कमजोर गुणस्तर तथा लिङ्कको साँघुरोपन पन्छाउन सकोस् । 

द कन्भर्सेसनमा प्रकाशित यूएनएसडब्लूमा दूरसञ्चार तथा इन्टरनेट प्रविधि विषयका प्रोफेस  विजय सिभरमणको लेखको नेपाली अनुवाद । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१