close

ड्राइभिङ लाइसेन्सका लागि असोज १२ देखि अनलाइन आवेदन खुल्ने

टेकपाना टेकपाना

असोज ६, २०७८ ९:१९

ड्राइभिङ लाइसेन्सका लागि असोज १२ देखि अनलाइन आवेदन खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गर्ने भएको छ ।

गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्स आवेदन पुनः खुलाउने तयारी भएको विभागस्रोतले जनाएको छ । अनलाइन आवेदनका लागि लाखौं सेवाग्राही पर्खाइमा छन् ।

विभागले यसअघि लाइसेन्सका लागि ट्रायल परीक्षा सञ्चालनमा ल्याइसकेको छ ।

यसैबीच लाइसेन्स लिन बाँकी रहेका सेवाग्राहीले दशैंपछि मात्र पाउने भएका छन् । प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैंअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘प्रिन्ट कार्ड आउन कम्तीमा एक महिना लाग्छ, आज डेलिभरी अडरको पत्र दिँदै छौं, दशैंअघि प्रिन्ट गर्न गाह्रो छ, दशैंपछि यसको स्पिड बढाउनुपर्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१