close

गुगल मिटमा थपियो ‘अटो ब्राइटनेस’ फिचर

टेकपाना टेकपाना

असोज ६, २०७८ १०:२७

गुगल मिटमा थपियो ‘अटो ब्राइटनेस’ फिचर

काठमाडौं । अब गुगल मिटमार्फत अनलाइन मिटिङ वा क्लासमा बस्दा ब्राइटनेस आफैंले मिलाइरहनु पर्ने समस्या समाधान हुने भएको छ ।

ब्राइटनेस नमिलेर मिटिङ नै प्रभावित हुने समस्यालाई सम्बोधन गर्दै गुगलले मिटमा हुने मिटिङ, क्लास अथवा अन्य कुनै छलफलमा प्रयोगकर्ताको लाइट एडजस्ट स्वतः हुने फिचर ल्याउँदै छ ।

तपाईं कम प्रकाश भएको स्थानमा हुनुहुन्छ भने स्वतः तपाईंको भिडिओको प्रकाश कम हुनेछ । त्यस्तै यदि तपाईं बढी प्रकाश भएको ठाउँमा बस्नुभएको छ भने तपाईंको भिडिओको प्रकाश स्वतः बढ्नेछ ।

आर्टिफिसियल इन्टेलिजेन्सको सहायतामा मिटमा भिडिओको प्रकाशको स्तर पहिचान गरी कम भएमा बढी र बढी भएमा कम गराउने फिचर ल्याउन कम्पनीले काम गरिरहेको छ ।

यो फिचर आईओएस र एन्ड्रोइड दुवैमा २०२१ को अन्त्यतिर सार्वजनिक हुने बताइएको छ । प्रयोगकर्ता यो सुविधा इनेबल गर्ने कि नगर्ने भनेर आफैंले छान्नै सुविधा भने दिइने कम्पनीले बताएको छ ।

यो फिचर सम्पूर्ण वर्कस्पेस र जी सुटमा बिजनेस प्रयोगकर्ताको अकाउन्टमा उपलब्ध हुनेछन् । अक्टोबर महिनाको मध्यतिर यो फिचर सार्वजनिक हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१