close

यातायातको अनलाइन सिस्टममा समस्या आउँदा बायोमेट्रिक दर्ता मिति सर्‍यो

टेकपाना टेकपाना

असोज ६, २०७८ १५:१५

यातायातको अनलाइन सिस्टममा समस्या आउँदा बायोमेट्रिक दर्ता मिति सर्‍यो

काठमाडौं । अनलाइन प्रणालीमा समस्या आएपछि बागमती प्रदेशस्थित यातायात व्यवस्था कार्यालय, ठूलोभर्‍याङले सेवाग्राहीको बायोमेट्रिक दर्ता मिति सारेको छ ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समस्या आएपछि कार्यालयले आज ‘अफिस भिजिट डेट’ भएका सेवाग्राहीको बायोमेट्रिक दर्ता मिति आउँदो असोज १५ लाई सारेको हो ।

‘यस कार्यालयमा ‘अफिस भिजिट डेट’ भएका सेवाग्राहीको बायोमेट्रिक भएका नयाँ दर्ताको ईडीएलभीआरएस सिस्टममा आएको समस्याका कारण असोज ६ गते भएका सम्पूर्ण सेवाग्राहीको दर्ता मिति असोज १५ मा हुने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

कार्यालयले आजको टोकन नम्बरका आधारमा सेवाग्राहीलाई १५ गते प्राथमिकता दिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१