close

गुगल ड्राइभमा पनि अब न्युजलेटर फिचर, प्रयोगकर्तालाई आम्दानीको अवसर

टेकपाना टेकपाना

असोज ६, २०७८ २२:३६

गुगल ड्राइभमा पनि अब न्युजलेटर फिचर, प्रयोगकर्तालाई आम्दानीको अवसर

काठमाडौं । गुगलले आफ्नो क्लाउड स्टोरेज सेवा गुगल ड्राइभलाई न्युजलेटर प्लेटफर्मको रुपमा प्रयोग गर्न सकिने बनाउन लागेको छ । यसका लागि कम्पनीले ड्राइभमा ‘म्युजलेटर’ नामक प्लेटफर्मको परीक्षण थालेको छ ।

यो फिचरअन्तर्गत रहेर प्रयोगकर्ताले आफ्ना सामग्रीहरूको डकुमेन्ट अथवा स्प्रेडशिट बनाएर गुगलको पब्लिक प्रोफाइलमार्फत प्रचार गर्न सक्नेछन् ।

गुगलको रिसर्च एण्ड डेभलपमेन्ट डिभिजनअन्तर्गत यो फिचरको परीक्षण भइरहेको टेकक्रन्चको रिपोर्टमा उल्लेख छ ।

गुगलको ‘म्युजलेटर’ अन्तर्गत प्रयोगकर्ताले गुगल ड्राइभको माध्यमबाट आफ्नो पब्लिक प्रोफाइल क्रिएट गरेर डकुमेन्ट, स्प्रेडशिट तथा स्लाइडशोहरू सार्वजनिक रुपमा प्रकाशन गर्न सक्छन् ।

अन्य प्रयोगकर्ताले भने यस्ता डकुमेन्टहरू हेर्नका लागि सो पब्लिक प्रोफाइल सब्सक्राइब गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले आफ्ना लेख आफ्नो प्रोफाइल अथवा सीमित केही ईमेलका लागि मात्र पनि सार्वजनिक गर्न सक्छन् ।

उदाहरणका लागि कोही फाइनान्सियल एनालिस्टले आफ्नो नियमित न्युजलेटर प्रोफाइलमा सार्वजनिक गरेर त्यसमा भएका विस्तृत विवरणचाहिँ केही पेड सब्सक्राइबर अर्थात पैसा तिरेर पढ्नेहरूको लागि मात्र सार्वजनिक गर्न सक्छ ।

गुगलले भने कस्टम डोमेनलगायतका विभिन्न प्रिमियम फिचरको शुल्क लिएर आम्दानी गर्ने रिपोर्टमा उल्लेख छ ।

टेकक्रन्चका अनुसार अहिले ‘म्युजलेटर’ प्रयोग गर्न चाहने अथवा यसप्रति रुचि भएका प्रयोगकर्ताले गुगलको आधिकारिक वेबसाइटमामा गएर रिक्वेस्ट पठाउन सक्नेछन् ।

भविष्यमा आउने धेरै नयाँ फिचरहरूको परीक्षणमध्ये म्युजलेटर पनि एक भएको कम्पनीले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१