close

युट्युव भिडिओ डाउनलोड गर्ने सुविधा अब डेस्कटपमा पनि

टेकपाना टेकपाना

असोज ७, २०७८ ११:४९

युट्युव भिडिओ डाउनलोड गर्ने सुविधा अब डेस्कटपमा पनि

काठमाडौं । युट्युव प्रिमियम आफूसँग हुनुको एउटा फाइदा अफलाइनमा हेर्नका लागि भिडिओ डाउनलोड गर्न सकिने सुविधा हो । तर यो फिचर डेस्कटपका लागि भने उपलब्ध थिएन ।

यद्यपि परीक्षणमा रहेको नयाँ फिचरले यो सुविधा दिन थालेको छ । युट्युवको परीक्षण पेजमा यो नयाँ सामग्री देखा परेको हो । एन्ड्रोइड पुलिसले उल्लेख गरेअनुसार यसले प्रयोगकर्तालाई डेस्कटप साइटमा डाउनलोड बटन थप्ने अनुमति दिन्छ ।

यो बटन एकपटक इनेबल गरेपछि ब्राउजिङको समयमा भिडिओको तलतर्फ रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्दा देख्न सकिनेछ ।

साथै डाउनलोड गरिएका सामग्रीमा सहज पहुँच बनाउन सकिने गरी सेटिङ मेनुमा नयाँ डाउनलोड पेजसँगै साइड प्यानलमा समेत यसलाई देख्न सकिनेछ । जसबाट रेजोलुसन समेत तय गर्न सकिनेछ ।

यस्तो अफलाइन भिडिओ युट्युवमै सेभ भएर बस्छन् । जुन तपाईंका लागि कमजोर इन्टरनेट भएको स्थानमा हुँदा उपयोगी हुन्छ । यो फिचर राम्रो किसिमका एन्ड्रोइड फोनमा यसअघि देखि नै उपलब्ध रहेको छ ।

डेस्कटपमा यो फिचर आउन किन यतिधेरै समय लाग्यो भन्ने विषय भने स्पष्ट छैन । युट्युव टिभीले समेत हालै मात्र नयाँ एड-अनसँगै अफलाइनमा हेर्न मिल्ने गरी भिडिओ डाउनलोड गर्न सकिने सुविधा सुरु गरेको छ ।

यद्यपि यो केवल मोबाइल डिभाइसमा मात्र उपलब्ध हुनेछ । यो परीक्षण अक्टोबर १९ सम्म जारी रहनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१