close

स्मार्टफोन बजारमा रियलमीको छलाङ, तीन वर्षमै बन्यो विश्वको छैटौं उत्कृष्ट ब्राण्ड

टेकपाना टेकपाना

असोज ७, २०७८ १२:४६

स्मार्टफोन बजारमा रियलमीको छलाङ, तीन वर्षमै बन्यो विश्वको छैटौं उत्कृष्ट ब्राण्ड

काठमाडौं । काउन्टरप्वाइन्टको एक अनुसन्धानअनुसार चिनियाँ ब्राण्ड रियलमी विश्वबजारको उत्कृष्ट ६ स्मार्टफोन बिक्रेताभित्र पर्न सफल भएको छ ।

यो सूचीभित्र पर्नका लागि रियलमीले २०२१ को दोस्रो त्रैमासिकमा १५० करोड उत्पादन बजारमा उपलब्ध गराएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३५.१ प्रतिशत वृद्धि हो ।

यो उल्लेखनीय उपलब्धि मात्र तीन वर्षमा हासिल गरेको कम्पनीले जनाएको छ । पहिलो स्थानमा रहेको सामसङको ६.३ प्रतिशत वृद्धि रहेको छ ।

‘गएको तीन वर्षमा नै रियलमी एक भर्खर जन्मिएको बिरालोको बच्चा केही समयमा नै बाघ बनेजस्तो गरेर आक्रामक रुपले बजारमा विस्तारित भइरहेको छ । विश्वभरका २९ वर्ष मुनिका युवाप्रति लक्षित रियलमी ग्राहकलाई असाधारण उत्पादन ल्याउन कटिबद्ध छ,” कम्पनीका सीईओ स्काइ लिले भने ।

रियलमीले हाल विश्वका ६१ भन्दा धेरै बजारमा आफ्नो बजार विस्तार गरेको छ । यीमध्ये १८ वटा बजारमा रियलमी उत्कृष्ट ५ भित्र सफल बन्न सकेको छ ।

स्रोतका अनुसार सन् २०२१ को दोस्रो त्रैमासिकमा फिलिपिन्स र बंगलादेशमा पहिलो श्रेणीमा थियो भने, रुसमा तेस्रो, भारतमा चौंथो र युरोपमा पाँचौं स्थानमा रहेको छ ।

स्ट्राटेजी एनालिटिक्सको सन् २०२१ के दोस्रो त्रैमासिक अवधिसम्मको डेटाअनुसार स्थापनाकालदेखि आफ्नो सबैभन्दा धेरै उत्पादन बजारमा उपलब्ध गराउने ब्राण्डमध्ये रियलमीले १० करोड बढी स्मार्टफाेन सेट उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१