close

कुन आईफोन किन्ने, पुरानो कि नयाँ ?‍

टेकपाना टेकपाना

असोज ७, २०७८ १३:२९

कुन आईफोन किन्ने, पुरानो कि नयाँ ?‍

काठमाडौं । एप्पलले बजारमा आईफोनका विभिन्न विकल्प ल्याएको छ । त्यसमध्ये कुन खरिद गर्दा उपयुक्त हुन्छ भन्ने दुबिधा थुप्रै प्रयोगकर्तामा हुनसक्छ । आईफोन एसईदेखि आईफोन थर्टिन प्रो म्याक्स सम्मका विकल्प बजारमा छन् ।

आज हामी तपाईंलाई कम्पनीको बजारको नारालाई वास्तविकताबाट अलग गर्ने प्रयास गर्दैछौँ । यसमा बजारमा रहेका प्रत्येक आईफोनको सबल र दुर्बल दुवै पक्षको चर्चा गर्ने प्रयास गर्नेछौँ ।  पुरानो आईफोन बिक्री गर्ने प्रसङ्गबाट नै सुरु गरौँ !

यदि तपाईं कुनै आईफोनबाट नयाँ भर्सनमा अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सामान्य छुटका लागि बिक्रेतालाई नै उपलब्ध गराउन सक्नुहुन्छ । तर त्यसका लागि हतारिनु अघि अन्यत्र कतै थप राम्रो मूल्य पाउने गरी बिक्री गर्न सकिन्छ कि भन्ने कुरा विचार गर्न भने नभुल्नुहोस् ।

पुराना आईफोनले समेत राम्रै मूल्य प्राप्त गर्न सक्छन् । तर त्यो राम्रो अवस्थामा भने हुनुपर्छ । यसरी आफ्नो सेकेन्ड ह्यान्ड फोन बिक्री गर्ने उपायको रुपमा हाम्रो बजार लगायतका फेसबुक ग्रुपहरू तपाईँका लागि राम्रो विकल्प बन्न सक्छन् ।

एप्पल आईफोन एसई (२०२०)

नेपालमा हाल आईफोन एसई २०२० को मूल्य ७० हजार रुपैयाँ छ । तर यसमा आईफोन ११ प्रो समानको ए १३  प्रोसेसर राखिएको छ ।

यो आईफोनमा तपाईंले कुनै पनि एप मजाले चलाउन सक्नुहुन्छ । अधिकांश गेम आनन्दसँग खेल्न सक्नुहुन्छ ।

यदि तपाईं एप्पलका पुराना आईफोनको फ्यान हुनुहुन्छ भने यो तपाईंका लागि एकमात्र विकल्प हो । जसमा बाक्लो बेजल, होम बटन र सुरक्षित अनलकिङका लागि टच आईडी रहेको छ ।

यसमा तपाईंले वायरलेस चार्जिङ जस्तो आधुनिक अपडेटसँगै सिङ्गल लेन्स क्यामेरा यसमा पाउनु हुनेछ । तर याद राख्नुहोस्, आईफोन ट्वेल्भ र आईफोन थर्टिनको जस्तो खासगरी लो लाइटमा फोटो क्वालिटी भने यसमा पाउन सक्नुहुन्न ।

किन भने यो फोनमा नाइट मोड दिइएको छैन । साथै ब्याट्री लाइभ समेत यसको नराम्रो पक्ष हो । औषत प्रयोगमा मात्रै आईफोन एसईको ब्याट्री दिनभर टिक्न सक्छ ।

यद्यपि तपाईं बजारमा सस्तो आईफोन खरिद गर्न खोज्दै हुनुहुन्छ भने यो तपाईंका लागि एउटा विकल्प भने अवश्य हो । खल्तीमा सहजै राख्न सकिने यो फोनको साइज अनुसारको विकल्प भनेको आईफोन १३ मिनी अथवा एन्ड्रोइड नै हुनसक्छ ।

एप्पल आईफोन १३

आईफोन १३ धेरैजसोका लागि उत्कृष्ट आईफोन हो । यसपालि एप्पलले हात हल्लिदा फोटोमा आउने समस्या समाधान गर्न प्रो मोडेलबाट मेन क्यामेरामा सेन्सर-शिफ्ट स्टेबलाइजेसन फिचर ल्याएको छ ।

यसअघि ६४ जीबी हुने गरेकोमा यसपटक भने आधारभूत १२८ जीबी पुर्‍याइएको छ । ६.१ इन्चको ओलेड स्क्रिन आफैँमा उचित साइज हो । नयाँ संस्करणमा आएको एउटा उत्कृष्ट फिचर भनेको सिनेम्याटिक मोड हो ।

जुन भिडिओको पोट्रेट मोडमा मर्ज भएको छ र यसले सब्जेक्टमा ब्लर इफेक्ट राख्ने गर्दछ । समग्रमा यसको क्यामेरामा सुधार देख्न सकिन्छ । शार्प र चहकिलो रात्रीकालिन तस्वीरका लागि यसको वाइड र अल्ट्रा वाइड क्यामेराले थप लाइट ग्रहण गर्न सक्छ ।

ब्याट्रीलाइफ राम्रो छ, दिनभरका लागि ढुक्क भए हुन्छ । ए १५ बायोनिक चिपले गर्दा  ब्याट्री लाइफलाई अझ सुधार गरेको छ । यसको नकारात्मक अथवा कमजोर पक्ष भनेको कलर केही मन्द छ ।

तर यसमा आईपी ६८ वाटर रेसिस्टन्ट, फाइभजी कनेक्टिभिटी र म्यागशेप एक्सेसरिज सिस्टमको सुधार पनि यसमा देख्न सकिन्छ । तर यसको साथमा तपाईंले चार्जिङ एडप्टर र एयरबड पाउनु हनेछैन ।

सानो आकारको फोन मन पराउनेका लागि एप्पल आईफोन १३ मिनीः ठूला आकारका फोनदेखि घृणा लाग्छ ? त्यसो हो भने आईफोन १३ मिनी नयाँ आईफोन मध्ये सबैभन्दा सानो आकारको फोन हो । जुन चाहिँ निकै पातलो समेत छ ।

यसमा टच आईडीको साटो फेस आईडी दिइएको छ र स्क्रिन वरिपरि पातलो किनारा छ । जसले गर्दा तपाईंले फोन सानो भए पनि ५.४ इन्चको ओएलईडी स्क्रिन यसमा पाउनुहुनेछ । जुन आईफोन एसई २०२० भन्दा ठूलो हो ।

स्क्रिन साइज ठूलो हुँदा पनि भौतिक रुपमा यो फोन सानो छ । ब्याट्री लाइफ बाहेक आईफोन १३ माथिका समान फिचर यसमा पनि पाउन सक्नुहुन्छ ।

एउटा परम आईफोन एप्पल आईफोन १३ प्रो तथा आईफोन १३ प्रो म्याक्स

आईफोन १३ प्रो वा आईफोन १३ प्रो म्याक्सलाई एक हजार डलर खर्च गर्नका लागि तार्किक कारण छ । यी फोनहरू आल्मुनियमको साटो स्टेनलेस स्टिल र सिसाको मिश्रणबाट बनाइएका छन् ।

जसले गर्दा यी आईफोनलाई थप टिकाउ र बलियो बनाएको छ । म्याक्समा ६.७ इन्चको ठलो ओलेड स्क्रिन छ । आईप्याड मिनी नभए पनि ठूलो डिस्प्ले आवश्यक हुनेहरूका  लागि यो उचित विकल्प हो ।

यसैगरी प्रोमा समान फिचर सहितको ६.१ इन्चको डिस्प्ले छ । जसमा १२० हर्जको रिफ्रेश रेट रहेको छ । जसले स्क्रिन निकै स्मुथ महसुस गराउँछ ।

ओलेड स्क्रिन थप चहकिलो बनेको छ । साथै एकदमै धेरै प्रयोग नहुँदा ब्याट्रीमा दिनभर टिकाउ हुने सहजता छ ।

गत वर्षको आईफोन १२ को तुलनामा नयाँ आईफोनमा अतिरीक्त ग्राफिक्स कोर समेत आएको छ । जसले गेम खेल्नका लागि अझ राम्रो अनुभव प्रदान गर्दछ ।

ट्रिपल क्यामेरा सिस्टममा ३ गुणा अप्टिकल जुम क्यामेरा समावेश छ । ती सबैमा नाइट मोडले काम गर्न सक्छ । यी तीन ओटै सेन्सरले थप लाइट ग्रहण गर्न सक्छन् ।

जसले गर्दा लो लाइटमा समेत तीछ्ण र चहकिलो तस्वीर लिन सहयोग पुग्छ । म्याक्रो क्यामेरा सहितको अल्ट्रा वाइड क्यामेरा रहेको छ ।

यो वर्षको अन्त्यपछि एप्पलले प्रोरेस भिडिओ रेकर्ड गर्न सकिने फिचर समेत थप गर्दैछ । जसले तपाईंको आईफोनमा रहेका भिडिओ क्लिप एडिट गर्ने गज्जबको नियन्त्रण प्रदान गर्नेछ ।

यो कुरा सुन्ने वित्तिकै तपाईंले फोरके भिडिओ क्याप्चर गर्न २५६ जीबी मोडेलको आकांक्षा राख्न सक्नुहुन्छ । किन भने १२८ जीबी मोडेल केवल १०८० पी मा सीमित छ ।

मिडरेञ्ज आईफोन

यदि तपाईंलाई पछिल्लो र परम किसिमको आईफोन आवश्यक छैन भने तपाईँका लागि एप्पलका तीन ओटा छनौट बाँकी नै छन् । जसमा आईफोन १२, आईफोन १२ मिनी र आईफोन ११ ।

यदि तपाईंको ध्यान यो मिनीमा छ भने थप एक सय डलर जति थपेर आईफोन १३ मिनी खरिद गर्न हाम्रो सुझाव हुन्छ । जसले तपाईंलाई दोब्बर स्टोरेजसँगै थप स्तरिय क्यामेरा र केही राम्रो ब्याट्री लाइफ दिन्छ ।

६४ जीबी आईफोन १२ पनि अन्तर्राष्ट्रिय बजारमा ७२९ डलर मूल्यमा बिक्री हुन गाह्रै छ । यदि तपाईंलाई जसरी पनि म्यागशेप ईकोसिस्टममा प्रवेश गर्न गहिरो इच्छाशक्ति छैन भने उचित मूल्यको हिसाबले आईफोन ११ सही निर्णय हुनसक्छ ।

ए १३ बायोनिक प्रोसेसर साच्चिकै शक्तिशाली छ । मेन क्यामेराले नाइट मोड समेत सपोर्ट गर्छ र अल्ट्रा वाइड क्यामेरा समेत यसमा रहेको छ । यद्यपि यसमा ओलेड स्क्रिन भने छैन ।

साथै फ्ल्यागशिप एज वा फाइभजी नभए पनि तपाईंले आईपी ६८ वाटर रेसिस्टेन्स, वायरलेस चार्जिङ र करिब दिनभरलाई टिक्ने ब्याट्री लाइफ भने पाउनु हुनेछ ।

आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स

एप्पलले सन् २०२० मै आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्सको उत्पादन बन्द गरिसकेको हो । यद्यपि तपाईंले यसलाई बजारबाट खरिद गर्न सक्नुहुनेछ ।

यी आईफोनको पछाडि भागमा तीन ओटा क्यामेरा र फास्ट प्रोसेसर राखिएको छ । साथै टेलिफोटोसँगै अल्ट्रावाइड तथा जुम समेत यसमा पाउन सक्नुहुन्छ ।

स्टेनलेस स्टिलको बडी, उत्कृष्ट ओलेड डिस्प्ले, दिनभर टिक्ने ब्याट्री लाइफ, वाटर रेसिस्टेन्स र वायरलेस चार्जिङ पनि यी आईफोनमा छ । जब अन्तर्राष्ट्रिय बजारमा ८२९ डलरमा आईफोन १३ उपलब्ध हुन थालेको छ भने यी फोनमा ८०० डलरभन्दा माथि खर्च गर्नु मुर्खता हुन जान्छ ।

तर यी आईफोनबाट टाढा रहनुहोस्

आईफोन एक्सएस, एक्सआर, एक्स, ८, ७, ६ एस, एसई (२०१६) र अन्य पुराना आईफोन पनि बजारमा कतैबाट आइरहेका हुनसक्छन् । तर यी स्मार्टफोनमा पैसा खर्च गर्ने प्रलोभनमा नपरेकै जाति ।

यी आईफोनमा पछिल्ला सफ्टवेयरलाई धान्ने क्षमताको प्रोसेसिङ पावर नै छैन । यदि छ भने पनि त्यसको आयू धेरै लामो हुँदैन । यदि ५५० डलरभन्दा कम मूल्यमा पाउनु भयो भने आईफोन ११ र आईफोन ११ प्रो म्याक्स ठीकै हुनसक्छन् ।

आईफोन ६ ले आईओएस १४ अपडेट समेत पाउन सकेन भने आईओएस १५ सिक्स एसमा काम गरिरहेको छ । तैपनि यो निकै पुरानो भइसक्यो । सफ्टवेयर सपोर्ट बिना तपाईंको आईफोन विस्तारै कम सुरक्षित हुनेछ र निकै स्लो चल्न थाल्नेछ ।

यी मोडेलमा क्यामेरा प्रविधि पनि सुधारिएको छैन । लगभग फ्रिमा पाएदेखि बाहेक आईफोन एसई (२०२०) वा यो सूचीमा भएका आईफोन मध्ये कुनै विकल्प रोज्न सक्नुहुन्छ ।

के यो आईफोन खरिद गर्ने सही समय हो ?

पक्कै पनि । एप्पलले भर्खरै मात्र आईफोन १३ बजारमा डेब्यु गराएको छ । त्यसैले तपाईंले आगामी वर्षको सेप्टेम्बरसम्म अर्को नयाँ आईफोन देख्न सक्नुहुने छैन । यद्यपि बीचमा एसई मोडेल भने आउन सक्छ । यदि तपाईं नयाँ आईफोनमा पैसा खर्च गर्ने पक्षमा हुनुहुन्न भने ताजा ब्याट्री लिने बिचार गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१