close

५० हजार विद्युतीय गाडी उत्पादन गर्दै फक्सकन

टेकपाना टेकपाना

असोज ७, २०७८ १४:५१

५० हजार विद्युतीय गाडी उत्पादन गर्दै फक्सकन

काठमाडौं । ताइवानको चर्चित प्रविधि कम्पनी फक्सकनले थाइल्याण्डमा विद्युतीय गाडीको नयाँ कारखाना खोल्ने भएको छ । यसका लागि कम्पनीले नेसनल थाइल्याण्ड ओइल सप्लायर पीटीटी पीएलसीसँग हालै सम्झौता गरेको छ ।

सन् २०२३ सम्म बजारमा विद्युतीय गाडी ल्याउने गरी यी दुईबीच समझदारी भएको हो । सम्झौताअनुसार सो कारखानाका लागि पीटीटीको ६० प्रतिशत र फक्सकनको ४० प्रतिशत शेयर हिस्सा हुनेछ ।

कारखानाको सुरूवाती उत्पादन क्षमता ५० हजार युनिट रहेको छ, जसमा फक्सकनले २०३० मा तीन गुणाले बढ्ने दाबी गरेको छ ।

फक्सकनले अमेरिकामा पनि कारखाना निर्माण गर्ने घोषणा गरेको छ । यसका लागि कम्पनीले अमेरिकामा विद्युतीय गाडी निर्माता फिस्करसँग सहकार्य गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१