close

इन्टरनेट र डिजिटल वालेट सेवा प्रदायकले ३ प्रतिशत ब्याजदरमै ऋण पाउने

टेकपाना टेकपाना

असोज ७, २०७८ १७:१९

इन्टरनेट र डिजिटल वालेट सेवा प्रदायकले ३ प्रतिशत ब्याजदरमै ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्टरनेट सेवा प्रदायक, विद्युतीय भुक्तानी भुक्तानी सेवा प्रदायक तथा सञ्चार सेवा प्रदायकलाई विशेष पुनरकर्जा उपलब्ध गराउने भएको छ ।

कोभिड-१९ का कारण व्यावसायमा परेको असरलाई कम गर्ने योजनाका साथ राष्ट्र बैंकले पुनरकर्जाको व्यवस्था गरेको हो । बिहीबार पुनरकर्जा कार्यविधि, २०७७ मा तेस्रो संशोधन गर्दै नयाँ व्यवस्था कायम गरिएको छ ।

यो सँगै इन्टरनेट तथा विद्युतीय भुक्तानी सेवा प्रदायकले ३ प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । ‘ब्रोडब्याण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्‍याउने गरी दुर्गम स्थानहरूमा सेवा पुर्‍याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरू, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक र सञ्चार सेवा प्रदायक संस्थाहरू तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्नका लागि पुनरकर्जा उपलब्ध हुनेछ,’ कार्यविधिमा भनिएको छ ।

जसमा ऋणीले ५० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१