close

असाेज ११ देखि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने

टेकपाना टेकपाना

असोज ७, २०७८ १९:२६

असाेज ११ देखि अनलाइनबाटै बसको अग्रिम टिकट बुकिङ गर्न सकिने

काठमाडौं । सरकारले असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने भएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि लक्षित गर्दै यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङको व्यवस्था मिलाएको हो ।

बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको हो ।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनलाइन प्रविधिमार्फत पनि बुकिङ गर्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार अनलाइन बुकिङ व्यवस्थाको सुरुवात गरेका यातायात कम्पनीहरुबाट सेवाग्राहीले सहजै बुकिङ गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१