close

साओमीका टिभी खरिद गर्दै हुनुहुन्छ ? यस्तो छ छुटसहितको मूल्य सूची

टेकपाना टेकपाना

असोज ७, २०७८ २१:२२

साओमीका टिभी खरिद गर्दै हुनुहुन्छ ? यस्तो छ छुटसहितको मूल्य सूची

काठमाडौं । साओमी नेपालले हरेक साओमी टेलिभिजनको खरिदमा विशेष छुटको घोषणा गरेको छ । नेपालीहरुको महान् चाड दशैंको अवसर पारी कम्पनीले ‘मि लिएको छैन ?’ नामक अफर ल्याएको हो ।

यस अफरअन्तर्गत विभिन्न मि एलईडी टेलिभिजन र अन्य टेलिभिजन मोडलको खरिदमा १० हजार रूपैयाँसम्म छुट उपलब्ध गराइएको छ ।

यो अफर सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ ।

अफरबारे बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले ग्राहकलाई चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न र साओमीका टेलिभिजनमा आफ्ना प्रियजनसँग आफूलाई मनपर्ने कार्यक्रम हेर्न विशेष छुटको अफर ल्याएको बताए ।

ModelsMRP (Rs)Dashain Offer Rate (Rs)
Mi LED TV 4A Pro 32  38,999.0034,999.00
Mi LED TV 4A 40  44,999.0039,999.00
Mi LED TV 4A 43 Horizon  49,999.0046,999.00
Mi LED TV 4X 43  64,999.0054,999.00
Mi LED TV 4X 55  89,999.0079,999.00
Mi LED TV 4X 65  139,999.00109,999.00

यसका साथै साओमी नेपालले ‘महापर्वको उमङ्ग’ को ट्यागलाइन अन्तर्गत ‘दशैं विथ मि’ नामको दशैं अभियान पनि चलाइरहेको छ ।

यस अफरअन्तर्गत मि टिभीको खरिदमा एक भाग्यशाली ग्राहकले दैनिक मि वाच लाइट प्राप्त गर्नेछन् र मि फोन वा पोको फोनको खरिदमा दुई भाग्यशाली ग्राहकहरुले दैनिक मि ब्लुटुथ स्पिकर पाउनेछन् ।

यो अभियान असोज २९ सम्म सञ्चालन हुनेछ । ग्राहकहरुले यस अभियानको दौरान विभिन्न पुरस्कार जित्न सक्नेछन्:

ProductsGiftsPersonPeriod of Time
Xiaomi and POCO mobileMi Bluetooth Speaker2Daily
MI TVMi light Wacth1Daily
Xiaomi and POCO mobileMi Tv 43 inch1Weekly
MI TVRedmi Note 10 Pro1Weekly
Xiaomi and POCO mobileMi Tv 65 inch4Bumper
MI TVMI 11 smart phone4Bumper

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१