close

बहुप्रतिक्षित ‘ह्वावे नोभा नाइन सिरिज’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

असोज ८, २०७८ ९:३५

बहुप्रतिक्षित ‘ह्वावे नोभा नाइन सिरिज’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । ह्वावेको बहुप्रतिक्षित नोभा नाइन सिरिज सार्वजनिक भएको छ । बिहीवार कम्पनीले चीनमा ‘नोभा नाइन’ र ‘नोभा नाइन प्रो’ गरी दुई स्मार्टफोन सार्वजनिक गरेको हो ।

यी दुवै फोनमा ओएलईडी डिस्प्ले, ५० मेगापिक्सेलको क्वाड क्यामेरा र क्वालकमको स्न्यापड्रागन ७७८जी फोरजी चिपसेट प्रयोग गरिएको छ ।

प्रो मोडलमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरासहित लार्ज स्क्रिन, भीसी ग्राफेने कुलिङ र १०० वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ । बाँकी फिचर भने यी दुवै फोनमा समान नै छ ।

यी दुवै फोन हार्मोनी ओएस २ मा चल्दछ । नोभा नाइनमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.५७ इन्चको ओएलईडी डिस्प्ले र फुलएचडी प्लस रेजोलुसन रहेको छ ।

त्यस्तै नोभा नाइन प्रोमा ६.७२ इन्चको ठूले स्क्रिन छ । यी दुवै फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिएको छ । साथै दुवै फोनमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर राखिएको छ ।

त्यस्तै दुवै फोनको पछाडि ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ८ मेगापिक्सेलको अल्ट्रावाइड एंगल र म्याक्रो शट्स एवं डेप्थ ट्रयाकिङका लागि २ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

ब्याट्रीको कुरा गर्दा यी फोनमा फरक फरक क्षमताका ब्याट्री र फास्ट चार्जिङ सपोर्ट छ । नोभा नाइनमा ४३०० एमएएचको ब्याट्री छ, जसले ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ ।

त्यस्तै प्रो मोडलमा ४ हजार एमएएचको ब्याट्री छ, जुन १०० वाट स्पिडमा चार्ज हुन्छ । ह्वावेले प्रो मोडल २० मिनेटमै फुल चार्ज हुने दाबी गरेको छ । यी दुवै फोन ब्ल्यु, पर्पल, ग्रीन र ब्ल्याक कलरमा सार्वजनिक भएका छन् ।

चीनमा सेप्टेम्बर २९ देखि बजारमा उपलब्ध हुने यी फोन अन्य देशमा कहिलेदेखि उपलब्ध हुन्छ वा हुँदैन भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

चीनमा नोभा नाइनको मूल्य ८/१२८ जीबी भेरियन्टकाे २६९९ चिनियाँ यूआन (४९ हजार रूपैयाँ) र ८/२५६ जीबी भेरियन्टको २९९९ चिनियाँ युआन (साढे ५४ हजार रूपैयाँ) निर्धारण गरिएको छ ।

त्यस्तै नोभा नाइन प्रोको मूल्य ८/१२८ जीबी भेरियन्टको चिनियाँ युआन ३४९९ (करिब ६४ हजार रूपैयाँ) र ८/२५६ को ३८९९ चिनियाँ युआन (७१ हजार रूपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१