close

अब आईफोनमा समेत यूएसबी सी चार्जर !

टेकपाना टेकपाना

असोज ८, २०७८ ११:५७

अब आईफोनमा समेत यूएसबी सी चार्जर !

काठमाडौं । युरोपेली आयोगले आईफोनमा पनि यूएसबी सी पोर्ट युक्त चार्जरलाई अनिवार्य गर्ने भएको छ । आयोगको प्रस्तावित नयाँ नियमले मोबाइल फोन तथा अन्य उपकरणमा प्रयोग हुने चार्जर एकै प्रकारको बनाउन बाध्य पार्ने भएको छ ।

प्रस्तावित नियमले स्मार्टफोन ट्याबलेट, क्यामेरा, हेडफोन, प्रोटेवल स्पिकर, ह्याण्डहेल भिडियो कन्सोललगायतका सम्पूर्ण उपकरणमा एउटै चार्जर बनाउनु पर्ने वाध्य बनाउने छ । युरोपेली आयोगको यस प्रावधानको सबैभन्दा ठुलो असर एप्पललाई पर्ने देखिएको छ ।

किन भने पछिल्लो समय अन्य स्मार्टफोन ब्राण्डले यूएसबी सी चार्जर नै प्रयोगमा ल्याउन थालेका छन् । तर, आईफोनको हकमा यसको आफ्नै छुट्टै चार्जिङ पोर्ट रहेको छ । यस्तोमा आईफोनले युरोपेली आयोगको उक्त प्रावधान प्रति आलोचना समेत गरेको छ ।

युरोपेली आयोगले भने उपभोक्ताहरूलाई हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने वाध्यतालाई कम गर्ने योजनाका साथ यस्तो प्रावधान राखेको छ । यसले पछिल्लो समय बढ्दै गएको इलेक्ट्रोनिक फोहोर नियन्त्रणमा समेत सहयोग पुग्ने आयोगको अपेक्षा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१