close

एनसेलका फोरजी ग्राहकले एभरेस्ट प्रिमियर लिग क्रिकेट अनलाइनबाटै हेर्न सक्ने

टेकपाना टेकपाना

असोज ८, २०७८ १३:३०

एनसेलका फोरजी ग्राहकले एभरेस्ट प्रिमियर लिग क्रिकेट अनलाइनबाटै हेर्न सक्ने

काठमाडौं । बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको ‘कनेक्टेड बाई’ पार्टनरका रूपमा एनसेल जोडिएको छ । नव प्रतिभाको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने योजनाका साथ एनसेल नयाँ संस्करणको ईपीएलमा जोडिएको हो ।

ईपीएल क्रिकेट भोलि शनिबार अर्थात असोज ९ गते शनिबारबाट सुरु हुँदैछ । उक्त खेलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रुपमा जोडिएको हो । यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ ।

सोही अनुरूप कम्पनीले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट ईपीएलका गेम हेर्न अवसर समेत प्रदान गर्ने भएको हो । यसको अर्थ भोलिबाट आयोजना हुने क्रिकेट एनसेलका फोरजी प्रयोगकर्ताले अनलाइनमार्फत हेर्न सक्ने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१