close

ह्वावेले ल्यायो हालसम्मकै पातलो चार्जर

टेकपाना टेकपाना

असोज ९, २०७८ ११:३९

ह्वावेले ल्यायो हालसम्मकै पातलो चार्जर

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले हालसम्मकै पातलो ग्यालियम नाइट्राइड चार्जर सार्वजनिक गरेको छ । यो चार्जरले ६६ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने जनाइएको छ ।

कम्पनीले हालै चार्जरका साथै नोभा नाइन सिरिज, वाच फिट सिरिजलगायतका प्रडक्ट पनि सार्वजनिक गरेको छ ।

त्यसमध्ये ग्यालियम नाइट्राइड चार्जर विशेष चर्चाको विषय बनेको छ । जम्मा ६२ ग्रामको उक्त चार्जर कार्ड आकारको रहेको छ । पातलो भएकाले चार्जरलाई पर्समा हालेर समेत हिँड्‌न सकिने जनाइएको छ ।

मोबाइल, ट्याब्लेट, ल्यापटपलगायतका डिभाइसमा यसको प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार यसमा उपलब्ध पीडी प्रोटोकलका कारण यसले ६६ वाटसम्म फास्ट चार्जिङको काम गर्नेछ ।

यो चार्जरको मूल्य २९९ युआन (साढे पाँच हजार रूपैयाँ) को हारहारीमा रहेको छ ।

thinnest gallium nitride charger

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१