close

१३ मेगापिक्सेल फ्लिप क्यामेरा भएको एचपी ट्याब्लेट पीसी सार्वजनिक

टेकपाना टेकपाना

असोज ९, २०७८ १८:२८

१३ मेगापिक्सेल फ्लिप क्यामेरा भएको एचपी ट्याब्लेट पीसी सार्वजनिक

काठमाडौं । एचपी कम्पनीले ११ इन्च आकार भएको नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले डिटेचेबल किबोर्ड र फ्लिप क्यामेरा सहितको नयाँ ल्यापटप बजारमा ल्याएको हो ।

ल्यापटपको दुवै साइडमा म्याग्नेटिक क्लिप लगाइएको छ । जसको सहयोगमा यसलाई ल्यान्डस्केप तथा पोट्रेट दुवै ओरेन्टेसनमा माउन्ट गर्न सकिन्छ ।

यसको मुख्य विशेषताको कुरा गर्ने हो भने यो ल्यापटपमा १३ मेगापिक्सेलको क्यामेरा सेन्सर राखिएको छ । प्रयोगकर्ताले आफ्नो सुविधाअनुसार यसलाई फ्लिप समेत गर्न सक्छन् ।

ल्यापटपको डिस्प्लेको कुरा गर्ने हो भने यसमा ११ इन्च तथा २१६० बाई १४४० पिक्सेल आईपीएस टचस्क्रिन दिइएको छ । साथै प्रोटेक्सनका लागि गोरिल्ला ग्लास ५ को प्रयोग गरिएको छ भने यसको अधिकतम ब्राइटनेस ४०० निट्स रहेको छ ।

प्रोसेसरको कुरा गर्ने हो भने स्पिड तथा मल्टिटास्किङका लागि इन्टेल पेन्टियम सिल्भर एन ६००० क्वाडकोर प्रोसेसरका साथै इन्टेल यूएचडी ग्राफिक्स समेत राखिएको छ ।

साथमा चार जीबीको एलपीडीडीआर फोर एक्स र्‍याम तथा १२८ जीबी एम.२ पीसीआईई एनभीमी एसएसडी स्टोरेज यसमा पाउन सकिन्छ । क्यामेराको कुरा गर्ने हो भने यसमा १३ मेगापिक्सेलको क्यामेरा सेन्सर राखिएको छ ।

जसलाई प्रयोगकर्ताले आफ्नो अनुकूलता अनुसार घुमाएर सेल्फी क्यामेरा तथा वेबक्याम दुवै प्रयोजनमा उपयोग गर्न सक्छन् । कनेक्टिभिटीका लागि ब्लुटुथ भर्सन ५, यूएसबी टाइप-सी पोर्ट र वाई-फाई सिक्स जस्ता फिचर यो ल्यापटपमा दिइएको छ ।

साथै यसमा ३२.२ केडब्लूएचआर ब्याट्री तथा ३० वाटको पावर एडप्टर समेत दिइएको छ । यसको अर्को महत्वपूर्ण पक्ष यसको तौल केवल ६६० ग्राम मात्रै रहेको छ ।

११ इन्चको यो पछिल्लो ल्यापटपको सुरुवाती मूल्य ५९९ डलर रहेको छ । जुन एउटा मात्र सिल्भर कलर अप्सनमा बजारमा उपलब्ध हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१