close

लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज बन्दै पाइथन

टेकपाना टेकपाना

असोज ९, २०७८ १९:१८

लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज बन्दै पाइथन

काठमाडौं । पाइथन अहिलेको लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज हो, जुन आर्टिफिसियल इन्टेलिजेन्सको वृहत् क्षेत्रभर प्रयोग हुन्छ । डिजिटल रुपान्तरणको यो युगमा एप्लिकेसन डिजाइन गर्नसक्ने क्षमता भएका जनशक्तिको माग उच्च छ ।

यसैले आज हामीले पाइथ ल्याङ्वेजबाट करियर बनाउन चाहनेहरूको संख्या बढ्दो छ । एक उच्चस्तरीय प्रोग्रामिङ ल्याङ्वेजको रूपमा उदाउनुका पछाडि यो इन्टरयाक्टिभ र अब्जेक्ट ओरियन्ट स्क्रिप्ट भएर पनि हो ।

सिक्न सजिलो र बजारको मागअनूकुल हुँदा वर्षेनि यो क्षेत्रमा आकर्षण बढिरहेको छ । आज हामी पाइथनसम्बन्धी आवश्यक महत्वपूर्ण जानकारीहरु जस्तै तलब, प्रोग्रामिङ एप्लिकेसन, अध्ययन गर्नुपर्ने कोर्षहरु, डेभलपरको भावनाका बारेमा बताउँदै छौं ।

पाइथन : सधै लोकप्रिय

टीआईओबीईले गरेको अध्ययनमा पाइथन गत वर्षको शीर्ष लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज बनेको थियो । पाइथनले यस्तो सम्मान पाएको यो चौँथो पटक हो ।

२०२० मा पाइथनले २.०१ प्रतिशत रेट प्राप्त गरेको थियो, जुन अन्य लोकप्रिय प्रोग्रामिङ ल्याङ्ग्वेज सी प्लस प्लस र सीको क्रमश १.९९ प्रतिशत र १.६६ प्रतिशतभन्दा रहेको थियो ।

यस्तै पाइथनले स्ट्याक ओभरफ्लोको २०२० वार्षिक डेभलपर सर्वेक्षणमा पनि पाइथनले उच्च अंक प्राप्त गरेको थियो । विश्वभरका ६० हजारभन्दा धेरै डेभलपरहरुको प्रतिक्रियाको आधारमा पाइथन तेस्रो सर्वाधिक लोकप्रिय ल्याङ्वेज बनेको थियो ।

पाइथन ल्याङ्ग्वेज मस्तिष्क र भौतिक क्षमता दुबैमा अब्बल भएको एकजना डेभलपर एङ्गेला यू बताउँछिन् ।

उनी भन्छिन्, ‘यसमा एकदमै सुन्दर सजिलो सिन्ट्याक्स छ र बूट गर्न सुपर शक्तिशाली छ । जाभा र सीमा जस्तो यसमा धेरै अतिरिक्त सिन्ट्याक्स छैन । यसको अर्थ तपाईंले कुनै हराएको वा छुटेको सेमिकोलोन खोज्नको सट्टा धेरै समय लोजिक लेखेर बिताउन सक्नुहुन्छ ।’

रोचक कुरा अर्को के छ भने स्ट्याक ओभरफ्लोको ‘मोस्ट वान्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज’ मा पनि यो सूचीकृत छ । जुन कुनै पनि निश्चित प्रोग्रामिङ ल्याङ्वेज प्रयोग नगर्ने डेभपरहरुको विचारको आधारमा पाइएको हो । उनीहरुले पाइथनप्रति आफ्नो रुची रहेको बताएका थिए ।

३० प्रतिशतले पाइथनलाई रुचाएका थिए भने ११.५ प्रतिशतले जाभा स्क्रिप्ट र १२।१ प्रतिशतले गो ल्याङ्ग्वेज रुचाएका थिए ।

पाइथन पढ्न एकदमै राम्रो हुने र यसका कीवर्डले कोडलाई कुनै पनि अपरिचित कम्प्युटर भाषाभन्दा पनि अंग्रेजी भाषा पढिरहेको जस्तो भान दिने यूको अनुभव छ । तर पाइथनको यो सहजता बाहेक आधुनिक प्रोग्रामिङ ल्याङ्वेजमा हुनुपर्ने ‘अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ’, ‘डाइनामिक टाइपिङ’ र शक्तिशाली इन्टरप्रिटर सबै भएको यूले बताइन् ।

डिजिटल रुपान्तरण र पाइथन

कोरोना भाइरसको समयमा कम्पनीहरुले अटोमेसन, मसिन लर्निङ र एआईलाई प्रयोग गर्न सुरु गरेको हुँदा डिजिटल रुपान्तरणको गति निकै तीव्र बन्यो । यसबीच पाइथन यी प्रयासहरुको मुख्य केन्द्रविन्दु बन्यो ।

यू भन्छिन्, ‘एआई, मसिन लर्निङ र डेटा साइन्सको उदयसँगै यो ल्याङ्ग्वेजले निकै लोकप्रियता पायो । धेरै लाइब्रेरी पाइथनमै लेखिएको वा पाइथनले सपोर्ट गरेको कारण तपाईंले यसलाई पाइथनमा कोड गर्न सक्नहुुन्छ ।’

पाइथनमा तलब

पाइथन वृहत्तर उद्योग रेन्जहरुमा प्रयोग हुन्छ । अमेरिकामा पाइथन डेभपरहरुको औषत वार्षिक तलब भनेको एक लाख ११ हजार डलरसम्म छ, जसमा पाँच हजार प्रत्येक वर्ष बोनस समेत प्राप्त हुने इन्डिड टूल्स एण्ड डेटाले देखाउँछ ।

तर अमेरिकामै पनि पाइथन डेभलपरहरुको तलबको स्तर एकै छैन । वासिङ्टन डिसीमा १ लाख ३६ हजार ५ सय ६ डलर छ भने न्यूयोर्कमा १ लाख ३० हजार ९ सय २१ डलर छ । यस्तै अस्टिन र टेक्ससमा १ लाख २२ हजार २ सय ७५ डलर रहेको इन्डिडको तथ्याङ्कले देखाएको छ ।

‘आजको समयमा मसिन लर्निङ, एआई र डेटा साइन्समा पनि पाइथनकै वर्चस्व छ । यसैले यी क्षेत्रमा पनि काम गर्न तपाईंसँग पाइथनकै ज्ञान हुनुपर्दछ ।’

फ्लास्क र ज्याङ्गो प्रयोग गर्ने वेब डेभलपरहरुका लागि यो एकदमै लोकप्रिय छ । पाइथनको वेब फ्रमेवर्क रेडिटदेखि नेटफ्लिक्ससम्म सबैले प्रयोग गर्दछन् । यस्तै स्वचालित गाडी, रोबोटिक्स र मेटिरियोलोजीमा पनि यसको प्रयोग छ ।

पढ्नुपर्ने पाइथन कोर्स

पाइथनबाट कोडिङ गर्न तपाईंले पहिले केही आधारभूत कुरा सिक्नुपर्छ । यसमा धेरैवटा कोर्स, बूट क्याम्प सहयाेगी हुन सक्छ । पाइथनको इन्ट्रो कोर्सदेखि नयाँहरुका लागि एक्ससाइजर र पाइथन र मास्टर क्लास बन्डलबाट मसिन लर्निङ प्रोजेक्ट क्रिएट गर्नेसम्मका एडभान्स कोर्सहरु हुन्छन् ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१