close

देशव्यापी इन्टरनेट विस्तार गर्दै डिशहोम, कहाँ कहाँ छ सेवा ?

टेकपाना टेकपाना

असोज ९, २०७८ २०:३१

देशव्यापी इन्टरनेट विस्तार गर्दै डिशहोम, कहाँ कहाँ छ सेवा ?

डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरेको छ । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले हाल मुख्य सहरहरूमा फाइबरनेट विस्तार गरिरहेको छ ।

कम्पनीले डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

कम्पनीले हालै बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको छ । हालै डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र सेल्स म्यानेजर बिपिन्द्र न्यौपानेले गरे । झापाका अन्य स्थानमा पनि डीटीएच फाइबरनेट चाँडै पुग्ने सेल्स अफिसर प्रज्ज्वल अधिकारीले बताए ।

फाइबरनेटमा १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मका प्याकेज उपलब्ध छन् । 

यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर, विराटनगर, पोखरा लगायतका ठाउँमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

छिट्टै नेपालका प्रमुख सहरलगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार हुने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१