close

टिजेएफको अध्यक्षमा साउद

टेकपाना टेकपाना

असोज ९, २०७८ २०:५२

टिजेएफको अध्यक्षमा साउद

काठमाडौं। प्रविधि पत्रकार मञ्च(टीजेएफ)को अध्यक्षमा गोपाल साउद निर्वाचित भएका छन् । शनिबार सम्पन्न मञ्चको आठौं साधारणसभाले साउद नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । साउद टेकपानाका सम्पादक हुन् ।
मञ्चको उपाध्यक्षमा अर्जुन पोख्रेल, सचिवमा रविन्द्र घिमिरे, सह सचिवमा सन्तोस न्यौपाने, कोसाध्यक्षमा अर्पणा आले मगर चयन भएका छन छ । त्यस्तै सदस्यहरुमा रक्षा रेग्मी, मिना अर्याल, राजु बास्कोटा र अभिषेक गुप्ता चयन भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१