close

माछापुच्छ्र्रे बैंकको २१औं वार्षिकोत्सवमा २१ प्रतिशत क्यासब्याक र दैनिक उपहार

टेकपाना टेकपाना

असोज १०, २०७८ ८:३०

माछापुच्छ्र्रे बैंकको २१औं वार्षिकोत्सवमा २१ प्रतिशत क्यासब्याक र दैनिक उपहार

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा ग्राहकलाई २१ प्रतिशत क्यासब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर असोज १७ गतेसम्मका लागि लागू हुनेछ ।

जसअन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा ईकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० रुपैयाँसम्म र अफर अवधि भर अधिकतम २१०० रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् ।

क्यासब्याकका अतिरिक्त ग्राहकले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नुहुनेछ ।

यसअन्तर्गत अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ्ग माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि-गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेका छन् ।

यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५००० रुपैयाँसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वर्ल्डलिंक, कल्पमार्ट, ग्यापु र जीभे साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१