close

आजदेखि दराज दशैं धमाका सुरू, ७० प्रतिशतसम्म छुटका साथै आकर्षक उपहार

टेकपाना टेकपाना

असोज १०, २०७८ ९:४४

आजदेखि दराज दशैं धमाका सुरू, ७० प्रतिशतसम्म छुटका साथै आकर्षक उपहार

काठमाडौं । अनलाइन शपिङ बजार दराजले आजदेखि आफ्नो वार्षिक उत्सव अभियान दराज दशैं धमाका सुरु गरेको छ । यो अभिायनअन्तर्गत ग्राहकहरुले १० लाखभन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ ।

अभियानको मुख्य आकर्षणहरु भने निःशुल्क शिपिङ, अनलाइन प्रि-पेमेन्टमा २० प्रतिशत (अधिकतम रु. २,५००) को छुट, रु. ५००० सम्मको मेगा भौचर, ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कुटर रहेको छ ।

त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमिङ सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भौचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।

अभियानका अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभ्यु एन्ड विन, नयाँ प्रयोगकर्ताका लागि भौचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता भौचर र फटाफट डिल रहेका छन् ।

कार्ड प्रि-पेमेन्ट छुटको कुरा गर्दा ग्राहकहरु डेबिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम रु. २००० छुट) र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम रु. २५०० छुट) सम्म बचत गर्न सक्नेछन् ।

विशेषगरी नबिल बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौं र सिटिजन्स बैंकका ग्राहकले उल्लेखित पूर्व-भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् ।

यसबाहेक ग्राहकहरु एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट शुन्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन् ।

साथै, आईएमई पे वा ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् । दराज प्रयोगकर्तालाई छुट प्राप्त गर्नका लागी आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिइएको छ ।

दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्नमध्ये कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्ने छन् : २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमी सी २१ वाई, मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिफायर, र श्री बालाजी हिराको झुम्का ।

स्पष्ट गर्नका लागि, एक ग्राहकले मात्र एक पुरस्कारको लागी खेल्न सक्नेछन् । भाग लिनका लागि ग्राहकले अनलाइन प्रिपेमेन्टको माध्यमबाट रु. १ पे पर्नेछ ।

यसैगरी दशैं धमाकामा सामसङदेखि एप्पल फोनहरुमा विशेष छुट रहेका छ भने रियलमी सी २१ वाईको विशेष प्रदर्शनी र प्रिबुकिङ हुने दराजले जनाएको छ ।

साथै दशैं धमाकाअन्तर्गत अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा अधिकतम ७० प्रतिशतसम्मको विशेष छुट दिएको दराजले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१