close

गुगल क्रोममा भेटियो कमजोरी, दुई अर्ब भन्दा बढी प्रयोगकर्ता प्रभावित

टेकपाना टेकपाना

असोज १०, २०७८ ११:५

गुगल क्रोममा भेटियो कमजोरी, दुई अर्ब भन्दा बढी प्रयोगकर्ता प्रभावित

काठमाडौं  । वेब ब्राउजर गुगल क्रोममा कमजोरी भेटिएको छ । गुगलले शनिबार आफ्नो ब्लगमार्फत क्रोममा ‘जिरो डे’ कमजोरी फेला परेको जानकारी दिएको हो । ‘जिरो–डे’ अर्थात डेभलपर वा कम्पनीलाई समस्या समाधानका लागि शुन्य दिनको समय हुनु हो । यस्ता कमजोरीबाट विषेश गरि धेरै प्रयोगकर्ता प्रभावित हुने हुँदा कमजोरी भेटिने बित्तिकै समाधान गर्नुपर्ने हुन्छ ।

गुगल क्रोममा यो खालको कमजोरी भेटिएको यो ११ औं पटक हो । कम्पनीका अनुसार गुगल क्रोमको नयाँ भर्सन (सीभीई–२०२१–३७९७३) मा यो कमजोरी फेला परेको हो । विषेश गरि लिनक्स, म्याकओएस, विन्डोजलगायतका डिभाइसका प्रयोगकर्ता यसबाट प्रभावित हुने जनाइएको छ ।

प्रयोगकर्ताको सुरक्षा तथा समाधानका लागि केही समय आवश्यक पर्ने भएकाले कम्पनीले कमजोरीको विषयमा भने कुनै जानकारी दिएको छैन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१