close

ह्वावेकी सीएफओ मेङ वान्झाउ रिहा, फर्किइन् चीन

टेकपाना टेकपाना

असोज १०, २०७८ ११:५३

ह्वावेकी सीएफओ मेङ वान्झाउ रिहा, फर्किइन् चीन

काठमाडौं । क्यानडामा नजरबन्द परेकी चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेकी प्रमुख वित्तीय अघिकृत (सीएफओ) मेङ वान्झाउ आफ्नो देश फर्किएकी छन् । उनी पछिल्लो तिन वर्ष देखी क्यानडामा नजरबन्दमा थिइन् ।

मेङ सन् २०१८ डिसेम्बरमा क्यानाडाको भ्यान्कुभर अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी वारेन्टमा गिरफ्तार भएकी थिइन् । एचएसबीसी बैंकलाई इरानमा ह्वावेको व्यापार लेनदेनको बारेमा भ्रामक जानकारी दिएको भन्दै बैंक र वायर ठगीको आरोपमा उनलाई गिरफ्तार गरिएको थियो ।

गिरफ्तार पश्चात उनलाई क्यानडामै नजरबन्दमा राखिएको थियो । केही दिन अघिमात्रै अमेरिकी सरकारसँग वार्ता सफल भएसँगै उनलाई चीन फर्किने दिने निर्णय भएको थियो । सोही निर्णयका आधारमा शनिबार बिहान क्यानडाले उनलाई रिहा गरेको हो ।

भने, उनी शनिबार नै चीन सरकारले पठाएको चार्टर्ड विमानमा आफ्नो देश फर्किएको जनाइएको छ । उनलाई अमेरिकी प्रतिबन्धको उल्लंघन गरी इरानलाई उपकरण बेच्न ह्वावेसँग सम्बन्धित कम्पनीबीच भएको प्रयास लुकाउन खोजेको समेत आरोप लगाइएको थियो ।

अर्कोतर्फ वान्झाउ पक्राउको विरोधमा चीनमा पक्राउ परेका क्यानाडेली माइकल कोभ्रिग र माइकल स्पाभर रिहा हुने वा नहुने भन्ने विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन् ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१