close

एक अर्ब पटक डाउनलोड हुने एपको सूचीमा अब भाइबर पनि

टेकपाना टेकपाना

असोज १०, २०७८ १२:५२

एक अर्ब पटक डाउनलोड हुने एपको सूचीमा अब भाइबर पनि

काठमाडौं । नेपाली प्रयोगकर्तामाझ लोकप्रिय म्यासेजिङ एप भाइबर एक करोड पटक डाउनलोड भएको छ । भाइबर पूर्वी युरोप र एसियाली मुलुकमा लोकप्रिय छ । अन्य देशमा भने भाइबर अन्य एपको विकल्पको रुपमा प्रयोग हुने गरेको छ ।

केही दिन अघि मात्रै भाइबर डाउनलोडको संख्या एक अर्ब पुगेको हो । डाउनलोडको हिसाबले भाइबर लाइन र टेलिग्राम जस्ता एप भन्दा अगाडि छ ।

एपको प्रयोग कोरोना महामारीको बेलामा बढेको हो । महामारीको समयमा आफ्नो परिवार तथा साथीसँग सम्पर्कमा रहनको लागि धेरै प्रयोगकर्ताहरूले भाइबर प्रयोग गर्दा यो एप एक अर्ब पटक डाउनलोड हुने एपको सूचीमा पुगेको हो ।

भाइबरले पछिल्लो समयमा उपलब्ध गराएको जीआईएफ बनाउने फिचर, ग्रुप भिडिओ कल फिचर जस्तो कारण पनि यसको लोकप्रियता बढ्दै गएको छ ।

भाइबरले हरेक देशको प्रयोगकर्ताको लागि स्थानीय सन्दर्भ अनुसारको स्टिकर फिचर पनि उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१