close

इन्स्टाग्रामको स्टोरिजमा अडियो सुनिएन ? यसरी गर्नुस् समाधान

टेकपाना टेकपाना

असोज १०, २०७८ १४:५६

इन्स्टाग्रामको स्टोरिजमा अडियो सुनिएन ? यसरी गर्नुस् समाधान

काठमाडौं । एप्पलको आइओएस फिफ्टीन् इन्स्टल भएका आइफोनमा अचम्मको समस्या देखिएको थियो । केही प्रयोगकर्ताले आइफोनको रिंगर स्विचबाट फोनलाई साइलेन्ट मोडमा राख्दा इन्स्टाग्रामको स्टोरिजको आवाज नआउने समस्या अनुभव गरेका थिए  ।

आइफोन प्रयोगकर्ताले केही दिनयता भोगेको यो समस्याको समाधान भइसकेको कम्पनीले जनाएको छ । आइओएसको लागि शुक्रबार रिलिज भएको नयाँ अपडेटमा यो समस्याको समाधान रहेको कम्पनीले जनाएको छ ।

यो समस्या अनुभव गरेका प्रयोगकर्ताले आइओएस अपडेट गर्दा समस्या समाधान हुनेछ ।

साइलेन्ट मोड विशेषगरी रिङटोन र म्यासेज टोनको आवाज नआओस् भन्नका लागि प्रयोग गरिन्छ । जुनसुकै फोन साइलेन्टमा राखे पनि थर्डपार्टी एप प्रयोग गर्दा भने आवाज बन्द हुँदैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१