close

सिस्टम अपग्रेड गर्दै फोनपे

टेकपाना टेकपाना

असोज १२, २०७८ १८:६

सिस्टम अपग्रेड गर्दै फोनपे

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपेको सेवा भोलि राति १० बजेदेखि पर्सी बिहान ६ बजेसम्म बन्द हुने भएको छ । सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ ।

यसक्रममा फोनपेको हब अर्थात् युटिलिटी पेमेन्ट तथा क्यूआर पेमेन्ट सेवा अवरुद्ध हुनेछ । ‘यसबाट ग्राहकहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ,’ कम्पनीले जारी गरेको सूचनामा उल्लेख  गरिएको छ । पर्सी बिहान ६ बजेपश्चात् कम्पनीका सबै सेवा पूर्ववत् रुपमा सुचारु हुने फोनपेले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१