close

बढ्दै छ टिकटक क्रेज, सक्रिय प्रयोगकर्ता १ अर्ब नाघे

टेकपाना टेकपाना

असोज १३, २०७८ ११:५७

बढ्दै छ टिकटक क्रेज, सक्रिय प्रयोगकर्ता १ अर्ब नाघे

काठमाडौं । भिडिओ शेयरिङ एप टिकटकका मासिक सक्रिय प्रयोगकर्ता एक अर्ब नाघेका छन् । विश्वका विभिन्न देशमा भोगिरहेको प्रतिबन्ध र अवरोधबीच कम्पनी यो आँकडा पार गर्न सफल भएको हो ।

बजारमा स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, पिनट्रेस्ट, युट्युवजस्ता कम्पनी टिकटकजस्तै फिचर उपलब्ध गराएर प्रयोगकर्ता तान्ने होडमा छन् । जसले कम्पनीलाई थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना भएको छ । तर, पनि टिकटक आफ्नो रफ्तारमा विस्तार भइरहेको छ ।

‘मासिक रुपमा विश्वका एक अर्बभन्दा बढी प्रयोगकर्ता अब टिकटकमा जोडिएका छन,’ टिकटकले ब्लगमा भनेको छ, ‘जहाँबाट उनीहरूले सिक्ने, हाँस्ने र केही नयाँ जान्ने अवसर पाएका छन् । हामी यति धेरै प्रयोगकर्ताको घर, साना-साना व्यवसायीको बिजनेश प्लेटफर्म, सेलिब्रेटीको आफ्ना फलोअरसँग भेट्ने माध्यम हुन पाउँदा खुशी छौं ।’

यसअघि फेसबुक, इन्स्टाग्राम र युट्युवले यो उपलब्धि हासिल गरिसकेका छन् ।

सन् २०१८ को जनवरीमा टिकटकका पाँच करोड ४० लाख सक्रिय प्रयोगकर्ता थिए । पछिल्लाे ४५ महिनामा कम्पनीले ९५ करोड प्रयोगकर्ता थप्न सफल भएको हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१