close

सस्तो मूल्यमा आकर्षक फिचरसहित सामसङको नयाँ स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

असोज १३, २०७८ १२:३१

सस्तो मूल्यमा आकर्षक फिचरसहित सामसङको नयाँ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । सामसङले नेपाली बजारमा ‘ए’ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यमा आकर्षक फिचरसहित ग्यालेक्सी ए०३ एस (A03s) भित्र्याएको हो ।

६.५ इन्च इन्फिनिटी-भी डिस्प्ले, ट्रिपल क्यामेरा सेटअप, टिकाउ ब्याट्री, मल्टिटास्किङ्गका लागि अक्टाकोर प्रोसेसरका साथै फोनको साइडमा भएको फिङ्गगरप्रिन्ट सेन्सरजस्ता थुप्रै विशेषतासहित यो फोन बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फोनमा भएको तीन वटा क्यामेराको संयोजनले गुणस्तरीय फोटो तथा भिडिओ कैद गर्न सकिन्छ ।

‘यसमा भएको १३ मेगापिक्सेलको मुख्य क्यामराले अविस्मरणीय पलहरुलाई सफा एवं स्पष्ट रुपमा कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ भने यसमा भएको २ मेगापिक्सेलको म्याक्रो लेन्सले अझै क्लोजअप फोटोहरुको विस्तृत विवरणहरु कैद गर्न सकिन्छ । त्यस्तै २ मेगापिक्सेलको डेप्थ क्यामराले फोटोको सौन्दर्यतालाई अझै निखार्दछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फोनमा भएको अक्टाकोर प्रोसेसरले मल्टिटास्किङ्ग गर्दा कम ब्याट्री खपत गर्ने कम्पनीको दाबी छ । त्यस्तै यसमा ५००० एमएएच ब्याट्री दिइएको छ, जुन कम समयमा चार्ज हुने र अधिक समय टिक्ने जनाइएको छ ।

नेपाली बजारमा ३/३२ जीबी भेरियन्टको मूल्य १५ हजार ४९९ रुपैयाँ र ४/६४ जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यो फोन कालो, नीलो र सेता रंगमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१