close

दशैँ अफरसँगै भायानेटले ल्यायो १४० एमबीपीएस इन्टरनेट, पुरानै मूल्यमा थप स्पिडसँगै साओमी टिभीमा विशेष छुट

टेकपाना टेकपाना

असोज १४, २०७८ ९:५९

दशैँ अफरसँगै भायानेटले ल्यायो १४० एमबीपीएस इन्टरनेट, पुरानै मूल्यमा थप स्पिडसँगै साओमी टिभीमा विशेष छुट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले दशैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘बडा दशैँमा बडा स्पिड, बडा टिभी’ नामक अफर ल्याएको हो ।

यो अफरमा ग्राहकले पुरानै मूल्यमा थप इन्टरनेट स्पिड सहितको प्याकेज प्राप्त गर्न सक्नेछन् । भायानेटले यसपटकको अफरका लागि साओमीसँग सहकार्य गरेको छ । जसअन्तर्गत साओमीका एन्ड्रोइड टिभीलाई भायानेटको इन्टरनेट प्याकेजमा बन्डल गरिएको छ ।

कम्पनीका अनुसार भायानेटको इन्टरनेट प्याकेज खरिद गर्दा दशैँ अफरको रुपमा ग्राहकले साओमीका ३२ इन्च र ५५ इन्च एन्ड्रोइड टिभी खरिदमा २२ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । त्यस्तै पुरानै मूल्यमा थप स्पिड अन्तर्गत ग्राहकले अब भायाटिभी सहित ४० एमबीपीएस गतिको इन्टरनेट मासिक ११०० रुपैयाँमै प्राप्त गर्न सक्नेछन् ।

यसैगरी भायाटिभी सहित ६० एमबीपीएसको मासिक शुल्क १२५० रुपैयाँ छ । कम्पनीले ८० एमबीपीएसको इन्टरनेट प्याकेजमा दुई ओटा भायाटिभी र १४० एमबीपीएसको इन्टरनेट प्याकेजमा तीन ओटा भायाटिभी उपलब्ध गराउनेछ ।

जसमध्ये ८० एमबीपीएस प्याकेजको मूल्य मासिक १४५० रुपैयाँ र १८० एमबीपीएस प्याकेजको मूल्य  मासिक १८०० रुपैयाँ रहेको छ । कम्पनीले १४० एमबीपीएस इन्टरनेटलाई नयाँ प्याकेजको रुपमा भर्खरै बजारमा ल्याएको हो ।

प्याकेजको मासिक मूल्य वार्षिक प्याकेजबाट निकालिएको हो । तीन महिना र एक महिनाको प्याकेज चाहने ग्राहकले भने केही थप शुल्क तिर्नुपर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१