close

विद्युतीय सवारीमा साढे १३ खर्ब लगानी गर्दै फोर्ड

टेकपाना टेकपाना

असोज १४, २०७८ १२:४८

विद्युतीय सवारीमा साढे १३ खर्ब लगानी गर्दै फोर्ड

काठमाडौं । फोर्ड मोटर कर्पले इलेक्ट्रिक भेहिकल उत्पादनमा ठुलो लगानी गर्ने भएको छ । कम्पनीले टेनेसीमा आफ्नो सबैभन्दा ठूलो कारखाना निर्माण गर्ने भएको हो । जहाँ इलेक्ट्रिक पिकअप, ट्रक र कार निर्माण हुने जनाइएको छ ।

यसका साथै कम्पनीले दुई ब्याट्री पार्क समेत निर्माण गर्ने जनाएको छ । जसका लागि कम्पनीले ११.४ मिलियन अमेरिकी डलर अर्थात १३ खर्ब ५५ अर्ब ९१ करोड भन्दा बढी लगानी गर्ने भएको हो ।

कम्पनीका अनुसार जब यो फ्याक्ट्री पूर्ण रुपमा सञ्चालनमा आउने छ तब यो कार्बन न्युट्रन र शून्य उत्सर्जन युक्त हुनेछ । जसमा ११ हजार मानिसले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।

‘यो हाम्रो पृथ्वीलाई जोगाउनका लागि आवश्यक ठुलो कदम हो,’ फोर्डका कार्यकारी अध्यक्ष बिल फोर्डले भने, ‘यसले अमेरिकी नागरिकको मायालाई पनि दर्शाएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५