६० वर्ष माथिका नागरिकलाई निःशुल्क सिम बाँड्दै नेपाल टेलिकम

Free sim card offer by nepal telecom to opening account at Rastriya Banijya Bank

काठमाडौं । नेपाल टेलिकमले ६० वर्षमाथिका वृद्ध वृद्धालाई निःशुल्क सिम वितरण गर्ने भएको छ । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । सोही अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप निःशुल्क सिम प्रदान गर्ने भएको छ ।

सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरूलाई प्रदान गरिने छ । यस्तो सिममा दश रुपैयाँ ब्यालेन्ससँगै ४० मिनेट कुराकानी गर्ने टकटाइम, २० वटा एसएमएस र ६० एमबी डेटा निःशुल्क रुपमा उपलब्ध हुनेछ ।

जसको मान्यता एक महिनासम्म हुनेछ । नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरूबाट ज्येष्ठ नागरिकहरूले यो सुविधा उपयोग गर्न सक्नेछन् ।

यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (नागरिकता प्रमाणपत्र वा ज्येष्ठ नागरिकको परिचयपत्र जस्तो विवरण) को प्रतिलिपि संलग्न गर्नुपर्नेछ । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरूलाई उपलब्ध गराउने निःशुल्क सिमको सुविधाले दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team