close

लाखौं डिभाइसमा इन्टरनेट बन्द हुन सक्ने विज्ञको चेतावनी

टेकपाना टेकपाना

असोज १४, २०७८ २२:२

लाखौं डिभाइसमा इन्टरनेट बन्द हुन सक्ने विज्ञको चेतावनी

काठमाडौं । एन्ड्रोइड, विन्डोज र आइओएसमा आधारित लाखौं डिभाइसमा आजबाट पूर्ण रुपमा इन्टरनेट बन्द हुनसक्ने जोखिम भएको विज्ञहरूले औंल्याएका छन् । उनीहरूले यसबाट बच्न आवश्यक रहेको भन्दै प्रयोगकर्तालाई सचेत रहन समेत आग्रह गरेका छन् ।

विज्ञहरूका सेप्टेम्बर ३० अर्थात आज वाईफाई ब्ल्याक आउट हुनसक्ने बताएका छन् । यसको सबैभन्दा ठूलो असर विन्डोज ल्यापटप तथा पुराना आईफोन र एन्ड्रोइडका स्मार्टफोनमा देखिने जनाइएको छ ।

एचटीटीपीएसमा आएको नयाँ सुरक्षा प्रोटोकलको कारण यस्तो समस्या आउन लागेको जनाइएको छ । यदि तपाईं एचटीटीपीएसबारे जानकार हुनुहुन्न भने ब्राउजरको एड्रेस बारमा वेबसाइटको सबैभन्दा अगाडि देख्न सक्नुहुन्छ ।

यसको अर्थ हाइपरटेक्सट् ट्रान्सफर प्रोटोकल सेक्योर हो । जसले वेबसाइटको सुरक्षामा काम गर्छ । सेप्टेम्बर ३० अर्थात आज बिहीबारको दिन रुट सर्टिफिकेटको डिभाइस र वेबहरूको बीचमा हुने इन्क्रिप्ट कनेक्सन सकिएको छ । यो एचटीटीपीएस प्रोटोकलको लागि एकदमै महत्त्वपूर्ण हो ।

तर आज उप्रान्त डिभाइसहरू र वेब ब्राउजरहरूले केही प्रमाण पत्र (आइडेन्ट ट्रस्ट डिएसटी रुट सीए एक्स थ्री) लाई रिकग्नाइज गर्न सक्दैन । यसले गर्दा इन्टरनेट बन्द हुनसक्छ बताइएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५