close

अनलाइन अर्डरमा अब पूजासामग्री र फूलका बोटबिरुवा घरमै आइपुग्ने

टेकपाना टेकपाना

असोज १५, २०७८ ९:२

अनलाइन अर्डरमा अब पूजासामग्री र फूलका बोटबिरुवा घरमै आइपुग्ने

काठमाडौंं । विजया दशमीको अवसर पारेर पिनाकिन टेक्नोलोजिज प्रालिले पूजाथाली र ई-नर्सरी नेपाल नामक अनलाइन सेवा सुरु गरेको छ । अनलाइन अर्डरमा पूजा सामग्री तथा फलफूल तथा सजावटका बोटबिरुवा घरघरमा डेलिभरी दिने गरी यस्तो सेवा सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका निर्देशक सुजित ज्ञवालीका अनुसार हाम्रो धर्म र संस्कार अनुसारका हरेक चाडपर्व र पूजाआजाको लागि आवश्यक हरेक सामान पूजाथाली डट कमले उपलब्ध गराउनेछ ।

‘कुन पूजाको लागि के के सामान चाहिन्छ ? कति कती चाहिन्छ ? ती सामानहरू कहाँकहाँ पाइन्छ ?,’ आवश्वस्त पार्दै उनले भने, ‘सबै प्रश्नको एउटै जवाफको रुपमा हामीले पूजाथाली सुरु गरेका हौँ ।’

यसका साथै पूजाथाली डटकममा बिभिन्न देवी देवताका मुर्ती र पूजाको लागि चाहिने तामा तथा पित्तलका भाँडाहरू पनि सुपथ मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले ४ महिना अगाडिदेखि सम्पूर्ण फलफूल तथा सजावटका बोट बिरुवा, बिभिन्न किसिमका गमलाका साथै मल, कीटनाशक र घरेलु उद्यानका लागि चाहिने औजारहरू उपलब्ध गराउन ई-नर्सरी नेपालको सेवा सुरु गरिसकेको छ ।

हाल उपत्यकाभित्रका लागि उपलब्ध पूजाथाली र ई-नर्सरीको सेवा आगामी दिनमा अन्य जिल्लामा समेत विस्तार गर्ने योजना रहेको ज्ञवालीले बताए । पूजाथालीका लागि आवश्यक सामग्रीको आफ्नै स्टोर राखेको कम्पनीले ई-नर्सरीका लागि भने विभिन्न नर्सरी कृषकहरूलाई जोड्ने थालेको छ । निर्देशक ज्ञवालीका अनुसार हालसम्म पाँच ओटा नर्सरी ई-नर्सरीमा आवद्ध भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५