close

एसईई परीक्षा आवेदन खुल्यो, अनलाइन इन्ट्री गरिँदै

टेकपाना टेकपाना

असोज १५, २०७८ १०:१२

एसईई परीक्षा आवेदन खुल्यो, अनलाइन इन्ट्री गरिँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षा आवेदन तथा रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै परीक्षा आवेदन र रजिष्ट्रेसन फाराम इन्ट्रीको काम अनलाइनबाटै गराउने जानकारी दिएको हो ।

बोर्डको सूचना अनुसार २०७८ को एसईई परीक्षामा समावेश हुनका लागि २०७८ सालमा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूले २०७८ असोज १५ देखि २०७८ कात्तिक मसान्तभित्र आवेदन फाराम भरिसक्नुपर्नेछ । त्यस्तै उक्त परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम भर्ने सूचना समेत जारी गरिएको छ ।

जसको म्याद समेत सोही अनुसार तोकिएको छ । विद्यालयहरूले निर्धारित अवधिभित्र आवश्यक कागजात र दस्तुर सहित प्राप्त आवेदन फाराममा रहेको विद्यार्थीको नाम, थर, जन्म मिति, परीक्षा दिने विषयहरू ठीकसँग भरे नभरेको रुजु गर्नुपर्नेछ ।

पछिसम्म फरक नपर्नेगरी प्रमाणित गरेर अल्फाबेट क्रममा फारामहरू राखेर समष्टिगत र फारामको क्रम मिले नमिलेको यकिन गरी परीक्षा दस्तुर वापतको राजश्व रकम जम्मा गरेको भौचर वा नगदी रसिद समेत संलग्न राखी २०७८ मंसिर २५ भित्र उक्त फाराम शिक्षा विकास तथा समन्वय ईकाईमा बुझाइसक्नुपर्नेछ ।

त्यसका लागि मङ्सिर १० देखि मंसिर १५ सम्मको मिति कायम गरिएको छ । त्यसपछि शिक्षा विकास तथा समन्वय इकाईहरूले प्राप्त आवेदन फारामहरू कम्प्युटरमा इन्ट्री गरी विद्युतीय प्रति पुस १५ गतेभित्र राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयमा पठाइसक्नुपर्नेछ । त्यस्तै रजिष्ट्रेसन फाराम इन्ट्रीको कार्य असोज १० गते देखि सुरु भइसकेको छ ।

जसलाई शिक्षा विकास तथा समन्वय इकाईहरूले सम्बन्धित विद्यालयबाट रुजु गराएर मङ्सिर मसान्तभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाइसक्नुपर्नेछ ।  परीक्षा सम्बन्धी विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५