close

तेस्रो वर्षमा फोनपे, दैनिक तीस करोड बढीको कारोबार

टेकपाना टेकपाना

असोज १५, २०७८ २०:७

तेस्रो वर्षमा फोनपे, दैनिक तीस करोड बढीको कारोबार

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड तेस्रो वर्ष प्रवेश गरेको छ । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले कारोबार गर्दै आएको फोनपेमा हाल पाँच लाख २५ हजार भन्दा बढी मर्चेन्ट जोडिएको कम्पनीले जानकारी दिएको छ ।

फोन-पे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । 

फोन-पेको क्यूआर मार्फत दैनिक ५० हजार पटक कारोबार हुन्छ । फोनपे मार्फत दैनिक ३० करोडभन्दा बढीको कारोबार हुँदै आएको छ । 

‘अन्तरबैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रुपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

हाल फोनपे बैंकिङ र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५