close

यसकारण अब हराउनै छैन तपाईंको आईफोन

टेकपाना टेकपाना

असोज १७, २०७८ ८:५२

यसकारण अब हराउनै छैन तपाईंको आईफोन

काठमाडौं । हालै सार्वजनिक आईओएस १५ का कयौँ नयाँ फिचर खोतल्न बाँकी नै छ । यस्तै मध्येको एउटा यस्तो नयाँ फिचरले पनि छ, जसले तपाईंको आईफोन हराउनबाट जोगाउनेछ ।

‘सेप्रेसन अलर्ट’ अर्थात छुट्टिँदा चेतावनी दिने नामक यो फिचरले तपाईंले कुनै उपकरण छुटाउनु भयो भने त्यसबाट तपाईंको साथमा रहेको अर्को डिभाइसमा स्वतः अलर्ट म्यासेज आउनेछ । यो फिचर ‘फाइन्ड माई’ एपको अंशको रुपमा रहेको छ ।

यसका लागि एपमा तलतर्फ रहेको ‘डिभाइसेस’ मा ट्याप गर्नुभयो भने त्यहाँ आउने कुनै डिभाइसमा ट्याप गरी ‘नोटिफिकेसन्स’ अन्तर्गत रहेको ‘नोटिफाई ह्वेन लेफ्ट बिहाइन्ड’ पाउनु हुनेछ । यद्यपि ख्याल गर्नुपर्ने कुरा के छ भने एप्पलका सबै हार्डवेयरले तत्कालै यो फिचरलाई सपोर्ट गर्दैनन् ।

अघिको स्थानबाट तपाईंले यो फिचर एक्टिभ गर्न सक्नुहुन्छ । यसका साथै यदि तपाईं कुनै निश्चित क्षेत्रमा यस्तो नोटिफिकेसन चाहनुहुन्न भने त्यस्तो ठाउँलाई ‘एक्सक्लुजन जोन’ अर्थात अपवादको क्षेत्रको रुपमा सेट गर्न पनि सक्नुहुन्छ (यसमा तपाईंको घर स्वतः थपिन्छ, तर यस्ता अन्य स्थान पनि हुनसक्छन्, जहाँ तपाईं आफ्नो आईफोनलाई छोडेर जाने गर्नुहुन्छ) ।

छैन त गज्जब ? अब यस्तोमा यदि तपाईंले अचानक बिर्सिएर आफ्नो आईफोन कुनै ठाउँमा छुटाउनु भयो भने त्यसले तपाईंको साथमा रहेको अर्को डिभाइसमा अलर्ट पठाउने प्रयास गर्नेछ । ‘सेप्रेसन अलर्ट’ले ‘एयरट्याग’का साथै एप्पलको ‘फाइन्ड माई’ नेटवर्कमा सपोर्ट गर्ने अन्य ‘थर्ड-पार्टी एक्सेसरिज’मा समेत काम गर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५