close

टेलिकमको अफर, १२५ रुपैयाँमा ४ जीबी डेटासँगै १०० मिनेट भ्वाइस कल

टेकपाना टेकपाना

असोज १७, २०७८ १०:५३

टेलिकमको अफर, १२५ रुपैयाँमा ४ जीबी डेटासँगै १०० मिनेट भ्वाइस कल

काठमाडौं । नेपाल टेलिकमले आफ्ना फोरजी प्रयोगकर्ताका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले १२५ रुपैयाँमा ४ जीबी डेटा र १०० मिनेट भ्वाइस कल भएको प्याकेज ल्याएको हो ।

कम्पनीका अनुसार यो अफरमा प्राप्त हुने चार जीबी डेटा मध्ये एक जीबी अलनेट (टुजी, थ्रीजी र फोरजी) डेटाको रुपमा प्रयोग गर्न सकिनेछ भने बोनसको रुपमा प्राप्त हुने तीन जीबी डेटा भने फोरजीमा मात्रै प्रयोग हुनेछ । कम्पनीका प्रयोगकर्ताले मोबाइलमा *१४१५# डायल गरेर तथा कम्पनीको एनटी एप प्रयोग गरेर यो प्याक लिन सक्नेछन् ।

एकसाथ डेटा, बोनस र भ्वाइस कल समावेश गरेको यो प्याकेजलाई ‘थ्री इन वान’ अर्थात ‘एउटैमा तीन’ नाम दिएको छ । जसको मान्य अवधि पाँच दिन रहेको छ । साथै कम्पनीले दशैं अघि आकर्षक चाडबाड अफर ल्याउने जनाउ समेत यसअघि नै दिइसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५