close

मोटोरोलाको दशैँ अफर: हेडफोनदेखि टिभीसम्म जित्ने अवसर

टेकपाना टेकपाना

असोज १८, २०७८ १२:४६

मोटोरोलाको दशैँ अफर: हेडफोनदेखि टिभीसम्म जित्ने अवसर

काठमाडौं ।नेपालको लागि मोटोरोलाको आधिकारिक बिक्रेता मोबिलिटी प्राइभेट लिमिटेडले दशैँ अफर ‘यो दशैँ मोटो सँगै’ अफर ल्याएको छ । असोज १५ गते देखि सुरु भएको यो अफर असोज २९ गते सम्म लागू हुने कम्पनीले जनाएको छ ।

अफरमा सहभागी हुन मोटोरोलाको ग्राहकहरूले कम्पनीको वेब लिङ्कमा लगइन गरेर त्यहाँ भएको फराम भर्नुपर्ने छ । फाराममा आफ्नो नाम, फोन नम्बर, मोबाइल खरिद गरेको रिटेलरको नाम र आफ्नो फोनको आईएमईआई नम्बर दर्ता गरी अफरको लागि आफूलाई दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ ।

विजेताहरूको नाम मोटोरोलाको आधिकारिक फेसबुक पेजमार्फत कार्तिक ५ गते सार्वजनिक गरिने कम्पनीले जनाएको छ । सहभागी ग्राहकमध्ये दुई जनालाई ६५ ईन्चको  टिभी जित्न सक्नेछन् ।

त्यसैगरी, १० जनाले मोटोरोला फोन, २० जनाले लन्च बक्स, ३० जनाले भित्ते घडी र ५० जनाले हेडफोन जित्ने कम्पनीले जनाएको छ। 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५