close

ईसेवाको दशैं अफर, सय रुपैयाँ कारोबारमा स्कुटर जित्ने अवसर

टेकपाना टेकपाना

असोज १८, २०७८ १४:३५

ईसेवाको दशैं अफर, सय रुपैयाँ कारोबारमा स्कुटर जित्ने अवसर

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले दशैं र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत बम्पर उपहारमा सय रुपैयाँको कारोबार गर्दा स्कुटर जित्न सकिने छ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिने कम्पनीले जनाएको छ ।

यसका साथै ईसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिने जनाइएको छ । त्यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । कम्पनीले दशैं र तिहारका लागि छुट्टा छुट्टै क्याम्पेन पनि ल्याएको छ ।

जसमा सेण्ड मनी दशैं र तिहार क्याम्पेन रहेको छ । जसमा सेण्ड मनी दशैं क्याम्पेनमा पाँच सय जनाले पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सेण्ड मनि तिहार योजनामा पनि पाँच सय जनाले नै पाँच सय रुपैयाँ डिजिटल दक्षिणा प्राप्त गर्ने छन् ।

यस्तै फ्ल्यास अफर अन्तर्गत मोबाइल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

यो योजना सोमबार देखी आउँदो १३ अक्टोबरसम्म लागू हुनेछ । यस्तै एयरलाइन्स् योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना २८ सेप्टेम्बरबाटै सुरु भएको हो भने, आउँदा १२ अक्टोबरसम्म लागु हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५