close

इन्डोनेसियन ई–कमर्स कम्पनी ‘उला’ मा बेजोसले गरे लगानी

टेकपाना टेकपाना

असोज १८, २०७८ १८:४८

इन्डोनेसियन ई–कमर्स कम्पनी ‘उला’ मा बेजोसले गरे लगानी

काठमाडौं । इन्डोनेसियन ई–कमर्स प्लाटफर्म ‘उला’ ले दोस्रो चरणको लगानी भित्र्याएको छ । कम्पनीले ८७ मिलियन अमेरिकी डलर अर्थात १० अर्ब लगानी भित्र्याएको हो । जसमा अमेजनका मालिक जेफ बेजोसले लगानी गरेको जनाइएको छ ।

‘हामीले सन् २०२० मा यहाँका साना बिक्रेताहरूलाई उनीहरूको बिजनेशमा मद्दत पुर्‍याउने उद्देश्यका साथ उलाको सुरुवात गरेका थियौं,’ उलाका सह–संस्थापक निपुन मेहेराले भनेका छन, ‘पुराना प्रविधिमा आधारित बिक्रेताहरूको दीर्घकालीन समस्या समाधानका लागि प्रविधिको विकल्प हामीले दिएका छौं ।’

कम्पनीले लगानी कहाँबाट भित्रिएको भन्ने विषयमा भने जारी विज्ञप्तिमा जनाएको छैन् । तर, कम्पनीले उलामा आएको नयाँ लगानी यस उद्योगमा लामो अनुभव भएको संस्थाबाट भित्रिएको जनाएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम टेकक्रन्चसँगको कुराकानीमा भने कम्पनीले बेजोसले लगानी गरेको बताएको छ ।

‘हामी नयाँ लगानीबाट निकै नै उत्साहित भएका छौं,’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘यसले पक्कै पनि हाम्रो साना बिक्रेतालाई प्रविधिसँग जोड्ने प्रयासलाई साकार पार्न अझ बढी सहज बनाउने छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५