close

सिटिजन्स बैंकको सबै कारोबार अब डिजिटल

टेकपाना टेकपाना

असोज १८, २०७८ २०:३६

सिटिजन्स बैंकको सबै कारोबार अब डिजिटल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिटल बैङ्किङ सेवाको सुरुवात गरेको छ । बैंकले आफ्नो बैङ्किङ सेवाहरू मोबाइल फोन वा वेब ब्राउजरबाट समेत प्रयोग गर्न मिल्ने जनाएको छ ।

हालको मोबाइल बैङ्किङ एपलाई स्तरोन्नति गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएकाहरूलाई  समेत लक्षित गर्दै बिना चेक ई-क्यास पठाउने, रकम जम्मा गर्नु अघि ई-भौचर प्रयोग गर्ने, बैंकमा समय लिने लगायतका सुविधा थपेको छ ।

यसका साथै ग्राहकहरूले मुद्दती खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने,  क्युआर कोड मार्फत भुक्तानी गर्नेलगायतका सेवाहरू पनि प्राप्त गर्न सक्नेछन् ।

सेवाको स्तरोन्नतिसँगै अब बैंकका ग्राहकहरूले बैंकमा नगई विभिन्न बैङ्किङ सेवाहरू सहजै लिन सक्ने बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना एक सय ८३ शाखा, एक सय २१ वटा एटिएम र एक सय ११ वटा शाखारहित बैङ्किङ एकाइहरूबाट करिब साढे १२ लाख ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५