close

विश्वभर डाउन भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चल्न थाल्यो

टेकपाना टेकपाना

असोज १९, २०७८ ७:४९

विश्वभर डाउन भएको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चल्न थाल्यो

काठमाडौं ।  विश्वभर बन्द भएको फेसबुक इंकको एपहरू फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब सात घण्टा पछि पुन: सञ्चालनमा आएको छ । डाउनडिटेक्टरका अनुसार फेसबुकले सन् २००८ पछि हालसम्मकै ठूलो अवरुद्ध परिस्थितिको सामना गरेको हो ।

सोमबार राति ९ बजेदेखि अवरुद्ध भएको फेसबुकको फोटो शेयरिङ एप इन्टाग्रामदेखि म्यासेजिङ एप ह्वाट्सएप र म्यासेन्जर पनि बन्द भएका थिए । यसले विश्वभरका करिब दुई अर्ब ७० करोड प्रयोगकर्ताहरू प्रभावित भएका थिए ।

करिब छ घण्टापछि मात्रै फेसबुक, ह्वाट्सएप, म्यासेञ्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा आएको हो । नेपाली समयअनुसार मंगलबार बिहान ५:३० बजे फेसबुकमा स्टाटस राख्दै कम्पनीका सीईओ मार्क जुकर्बगले सेवा अवरुद्धको लागि माफी माग्दै सेवा सञ्चालनमा आएको जनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५